ताजा खाबर :

समाचार

news
महाधिवेशन प्रतिनिधीका लागि चारै क्षेत्रमा कडा प्रतिष्पर्धा

केशव सावद महेन्द्रनगर, १९ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत हुन गइरहेको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधीका लागि कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रहरुमा नेताहरुबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । चार वटै निर्वाचन क्षेत्रमा

news
नेविसंघका अध्यक्ष कलौनी नगर सभापतिमा पराजित

कञ्चनपुर समाचार महेन्द्रनगर, १९ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत माघ १७ गते सम्पन्न कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर अधिवेशनबाट पदमराज अवस्थी सभापतिमा विजयी हुनुभएको छ

news
कञ्चनपुरमा देउवा पक्ष हावी

सुरेश पन्त महेन्द्रनगर, १८ माघ नेपाली कांग्रेसको नगर अघिवेशनमा कञ्चनपुरमा देउवा पक्ष अगाडि देखिएको छ । मतगणना सम्पन्न भएका कञ्चनपुरका सात नगरपालिका मध्ये छ नगरपालिकामा देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । एउटा गाविसमा संस्थापन पक्षका सभापति पदका

news
दोधारा–चाँदनीमा चन्द विजयी

सुरेश पन्त महेन्द्रनगर, १८ माघ कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सम्पन्न नेपाली काँग्रेसको नगर अधिवेशनबाट डम्बर चन्द सभापतिमा विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नाफुसिँह साउदलाई ५२ मतले पराजित गर्दै नगर सभापतिमा विजयी हुनुभएको हो । चन्दले कुल

‘गुटबन्दी’का कारण वडामै पराजित बोहरा अत्याधिक मतले नगर सभापतिमा विजयी

सुरेश पन्त महेन्द्रनगर, १७ माघ नगर वडा अधिवेशनमा षडयन्त्र गरेर हराईएका भनिएका काँग्रेस नेता हरिप्रसाद बोहराको नगर अधिवेशन हुँदै क्षेत्रीय अधिवेशनमा जाने तयारीले पूर्णता पाएको छ । आइतबार सम्पन्न बेदकोट नगरपालिकाको नगर अधिवेशनमा नगर सभापतिमा विजयी भएर नेता

news
वडामा पराजित बोहरा नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनमा पुग्ने तयारीमा

कञ्चनपुर समाचार महेन्द्रनगर, १७ माघ कञ्चनपुरमा केही दिनअघि सम्पन्न नेपाली काँग्रेसको नगर वडा अधिवेशनमा पराजित नेता हरिप्रसाद बोहराले नगर अधिवेशन हुँदै क्षेत्रीय अधिवेशनको तयारी गर्नुभएको छ । उहाँले आइतबार हुन लागेको बेदकोट नगरपालिकाको नगर अधिवेशनमा नगर

news
रेड पाण्डाको छालासहित दुई जना पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १५ माघ नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) सुदूरपश्चिमले दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा)को छालासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक बिरेन्द्र जोहारी नेतृत्वमा खटिएको आरआईटीले बाँकेको कोहलपुरबाट

news
कञ्चनपुरमा दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदै

सुरेश पन्त महेन्द्रनगर, १५ माघ कञ्चनपुरमा माघ अन्तिम साताबाट दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर माघ २४ गतेबाट दाखुरा–रुवेला खोप अभियान सञ्चालन गर्ने जनाएको छ

news
कञ्चनपुर काँग्रेसको सभापतिकालागि पाँच जना आकांक्षी

केशव सावद महेन्द्रनगर, १५ माघ नेपाली काँग्रेस कञ्चनपुरको माघ २५ गते हुन गइरहेको जिल्ला अधिवेशनमा सभापति पदका लागि पाँच जना आकांक्षी देखिएका छन् । काँग्रेस कञ्चनपुरको भावी नेतृत्व सम्हाल्न देउवा पक्षीय दुई जना र संस्थापन पक्षीय तीन जना नेताले आकांक्षा राखेका

news
कञ्चनपुर काँग्रेसमा चुनावी सरगर्मी बढ्दै

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ माघ नेपाली काँग्रेसको आसन्न महाअधिवेशनलाई लिएर कञ्चनपुर काँग्रेसमा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावी सरगर्मीसँगै नेता कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गोप्य बैठक, भेला गर्दै चुनावी रणनीति बुन्नमा व्यस्त छन् । काँग्रेसमा

news
महेन्द्रनगर-नयाँ दिल्ली बस सेवा सुरु

सुरेश पन्त महेन्द्रनगर, १३ माघ कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँ दिल्लीसम्मका लागि नेपाल–भारत मैत्री बस सेवा सुरु भएको छ । नेपाल र भारतका यातायात व्यावसायीले बुधबारबाट संयुक्त रुपमा नेपालको महेन्द्रनगरदेखि भारतको नयाँदिल्लीसम्म बस सेवा शुरु गरेका हुन्

news
डडेल्धुरामा मासु अभाव

कञ्चनपुर समाचार डडेल्धुरा, १२ माघ डडेल्धुरामा कुखुराको मासु अभाव भएको छ । चिसोमा कुखुराहरु मर्ने डरले कसैले पनि नपालेपछि डेढ हप्तादेखि डडेल्धुरामा मासुको अभाव भएको हो । जिल्ला सदरमुकामा दुई दर्जनजति पोल्ट्रिफर्महरु भएपनि अत्याधिक चिसोले चल्ला

news
एकै बेतमा दुई बाच्छा !

विनोद बिष्ट बैतडी, १२ माघ बैतडीका एक किसानले पालेको गाईले दुई ओटा बाच्छा जन्माएको छ । श्रीकोट गाविस २ खिरेगाउँका रामसिंह बिष्टले पालेको गाईले एकै बेतमा दुई बच्छा जन्माएको हो । गाईले एकै बेतमा बाच्छा र बाच्छी जन्माएको स्थानीय कृष्ण बिष्टले जानकारी दिनुभयो

एफयू कपमा बेष्टर्न एकेडेमी र अमिटी कलेजको विजयी सुरुवात

सुरेश पन्त महेन्द्रनगर, १२ माघ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी महाकाली अञ्चलकै सर्वाधिक धनराशीको अन्तर कलेज क्रिकेट प्रतियोगितामा बेष्टर्न एकेडेमी र अमिटी कलेजले विजयी सुरुवात गरेका छन् । एफयु खेल मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो खेलमा ईन्टरनेशनल

news
सेती–महाकालीमा तालाबन्दी

कञ्चनपुर समाचार महेन्द्रनगर, ११ माघ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित सेती–महाकाली नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसले दलित कोटा अन्तरगत अध्ययनरत विद्यार्थी प्रिया नेपालीलाई निष्कासन गरेपछि

news
अत्तरियामा सुदूरपश्चिमकै ठूलो धनराशीको फुटबल प्रतियोति हुने

विराज रोस्यारा अत्तरिया, ११ माघ कैलालीको अत्तरीयामा सुदूरपश्चिमकै ठूलो धनराशीको फुटबल प्रतियोति आयोजना हुने भएको छ । वनदेवी यूवा क्लबको आयोजनामा फागुन २८ गतेदेखि चैत ६ गतेसम्म अत्तरीया नगरपालीका ४ तेघरीमा फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो

news
एफयू कप–२०७२ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

सुरेश पन्त महेन्द्रनगर, ११ माघ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सोमबारदेखि सुरु भएको महाकाली अञ्चलकै सर्वाधिक धनराशीको अन्तर कलेज क्रिकेट प्रतियोगितामा आदर्श विद्या निकेतनले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु

'आम संञ्चार प्रतिष्ठानबाट किशुन जीको नाम नहटाउ'

कञ्चनपुर समाचार महेन्द्रनगर, ८ माघ राष्ट्रिय आम संञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघको पहिलो सभापति एवम् सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईको नाम हटाएको प्रति नेपाल प्रेस यूनियनले आपत्ति जनाएको छ

मेडिकल माफियाका कारण गेटामा मेडिकल कलेज निर्माणमा ढिलाई

बिराज रोस्यारा धनगढी, ८ माघ मेडिकल माफियाका कारण कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेजको निर्माण कार्यले गति लिन नसकेको सामाजिक अगुवा एवं सरोकारवालाले बताएका छन्

चार जना बन्यजन्तुका तस्कर पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, ८ माघ सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान समुह (आरआईटी)ले राष्ट्रिय निकुन्जले फरार सूचीमा राखेका बन्यजन्तुका अंग प्रत्यंगको चोरी शिकारी, ओसारपसार तथा तस्करीमा संलग्नहरुलाई पक्राउ गर्ने

डोटीमा चितुवाको छाला र हड्डीसहित युवक पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, ८ माघ डोटीको घण्टेश्वरमा चितुवाको दुई थान छाला र एक सय ६४ वटा हड्डी लुकाएर राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । चितुवाको छाला र हड्डी लुकाएको आरोपमा घण्टेश्वर गाविस–१ का प्रेमबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरेको हो

तत्काल स्वावियुको निर्वाचन गर्न आवश्यक : अखिल क्रान्तिकारी

कञ्चनपुर समाचार धनगढी, ७ माघ एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले शैक्षिक विकासका लागि तत्काल स्वावियुको निर्वाचन गर्न आवश्यक रहेको बताउनु भएको छ । अखिल क्रान्तिकारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष

'नीति निर्माण तहमा महिला सहभागिता न्यून हुनु दुःखद'

कञ्चनपुर समाचार धनगढी, ७ माघ नेपाली काँग्रेसका नेत्रीहरुले नीति निर्माण तहमा महिला सहभागिता न्यून हुनु दुःखद भएको गुनासो गरेका छन् । नेपाली काग्रेसको महिला विभागले आज कैलाली धनगढीमा आयोजना गरेको संविधान र महिला अधिकार विषयक कार्यशाला गोष्ठीमा सहभागि

आगलागीका कारण एक जनाको मृत्यु

कञ्चनपुर समाचार डोटी, ७ माघ डोटीको दिपायलमा एक जनाको आगलागीका कारण ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–७ राजपुरका राजपुरका गोरखबहादुर खत्रीको स्वामित्वमा रहेको टिनले छाएको टहरामा परिवारसहित डेरा गरेर बस्दै आएका ५० बर्षिय भीमसिँह सुनारको आगलागीका कारण

news
सुदूरपश्चिमको मौजुदा संरचना टुक्रिने सम्भावना छैन्ः लेखराज

कञ्चनपुर समाचार अत्तरिया/ ६ माघ कैलालीको अत्तरियामा एकीकृत नेकपा माओबादीको सात नम्बर प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ । दुई दिनसम्म अत्तरियामा चलेको बैठकले पार्टीको आन्तरिक संगठन, आगामी कार्ययोजना र यस क्षेत्रको बिकासको लागि खेल्नु पर्ने भुमिकाको बारेमा

क्षेत्रीय अनुसन्धान समुह वन्यजन्तुका तस्कर समात्ने अभियानमा

कञ्चनपुर समाचार महेन्द्रनगर/ ६ माघ सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) सुदूरपश्चिमले राष्ट्रिय निकुञ्ज र आरक्ष कार्यालयले फरार सूचीमा राखेका अभियुक्त पक्राउ गर्ने अभियान सुरु गरेको छ । बन्यजन्तुका अंग

धनगढीमा चार क्वीन्टल कुहिएको मासु बरामद

कञ्चनपुर समाचार धनगढी/ ५ माघ कैलाली सदरमुकाम धनगढीका अधिकांश मासु पसलले कुहिएको मासु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको खुलासा भएको छ । मंगलबार गरिएको निरिक्षणका क्रममा धनगढीका मासु पसल सञ्चालकले कुहिएको मासु बेच्ने गरेको खुलासा भएको हो ।

फागुन अन्तिम साता औद्योगिक व्यापार मेला हुने

कञ्चनपुर समाचार महेन्द्रनगर/ ५ माघ कञ्चनपुर उद्योग बाणिज्य संघले फागुन अन्तिम साता महाशिवरात्रीको अवसर पारेर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । संघले आप्mनो वार्षिक क्यालेण्डर अनुसार फागुन २१ गतेदेखि १० दिनसम्म महेन्द्रनगरमा मेला

news
पार्टी सुदृढिकरणका लागि विधान संशोधन आवश्यकः सावद

कञ्चनपुर समाचार धनगढी/ ५ माघ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाई मन्त्री एनपी सावदले पार्टी सुदृढिकरणका लागि विधान संशोधन आवश्यक रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेता सावदले विधान संशोधन

ट्रेड युनियन कांग्रेसको भेला कञ्चनपुरमा, नाई संघको तदर्थ समिति गठन

कञ्चनपुर समाचार महेन्द्रनगर, ५ माघ नेपाल ट्रेड युनियन कांग्रेसको जिल्लास्तरीय भेला कञ्चनपुरमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले रामसोफारत ठाकुरको अध्यक्षतामा युनियन अन्तर्गतको नाई संघको कञ्चनपुर तदर्थ समिति गठन गरेको छ । नेपाली कांग्रेस कञ्चनपुर

मौसम परिवर्तनले पश्चिम नेपालको जनजीवन प्रभावित

कञ्चनपुर समाचार महेन्द्रनगर २ माघ मौसममा एक्कासी आएको परिवर्तनका कारण कञ्चनपुरसहित सुदूरपश्चिमको जनजीवन प्रभाबित बनेको छ । शनिबार विहानैबाट एक्कासी बढेको शितलहरसंगैको चिसोका कारण यस क्षेत्रको जनजिवन प्रभाबित बनेको हो । पुस महिनामा खासै चिसोको अनुभुति

news
गोदावरीको कुम्भ मेलामा पाँच लाख श्रद्धालुले स्नान गरेको अनुमान

बिराज रोस्यारा गोदावरी, १ माघ कैलालीको गोदावरीमा सुरु भएको गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेलामा पाँच लाख बढि श्रद्धालु भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । सुदूरपश्चिमको प्रमुख तिर्थस्थल गोदावरीमा आयोजना गरिएको महाकुम्भ मेलामा शुक्रबार

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा तस्करी मौलाउँदै

कञ्चनपुर समाचार बेलौरी, १ माघ कञ्चनपुर जिल्लाको दक्षिणी सीमा क्षेत्र चोरी तस्करीको नाका बन्दै गएको छ । तस्करहरुले भारतीय बजारबाट खुल्ला सीमानाको प्रयोग गर्दै निर्वाध रुपमा अवैध सामग्रीको कारोवार गरिरहेका छन् । गड्डाचौकी भन्सार नाकामा चेकजाँचमा कडाई गरिएपछि

news
नौ जना पूर्वअध्यक्षद्वारा महेन्द्रनगर जेसिजको २९ औं पदस्थापन बहिष्कार

कञ्चनपुर समाचार महेन्द्रनगर, ३० पुष महेन्द्रनगर जेसिजको २९ औं कार्य समितिको पदस्थापनलाई नौ जना पूर्वअध्यक्षहरुले बहिष्कार गरेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा केही साता अघिसम्पन्न ४२ औं राष्ट्रिय महाधिवेशनको तयारीका बेला देखि नै असन्तुष्टि जनाउँदै

news
कञ्चनपुरका ४५ नमुना कृषकलाई उन्नत जातका कुखुरा वितरण

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष कञ्चनपुरमा पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा नामक गैरसरकारी संस्थाले दुई नगरपालिका र तीन गाविसका नमुना कृषकहरुलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । कञ्चनपुरका विपन्न गाविसका रुपमा पहिचान गरिएका रैकवार बिचवा, बाईसे

मानव बेचबिखन रोक्न १३ बुँदे प्रतिवद्धता

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष मानव बेचविखन नियन्त्रणका लागि नेपाल र भारतका सरकारी तथा गैर–सरकारी निकायहरुको दुईदिने कार्यशाला गोष्ठी कञ्चनपुरमा सम्पन्न भएको छ । दुवै देशका प्रशासनिक तथा सुरक्षा, न्याय र गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागी

news
महाकाली अञ्चलकै सर्वाधिक धनराशीको क्रिकेट

कञ्चनपुर समाचार महेन्द्रनगर, २९पुष कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा माघ पहिलो साता महाकाली अञ्चलकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय विद्यार्थी कल्याण कोषको आयोजनामा माघ ७ गतेबाट एफयू

news
बेलौरीमा तस्कर र प्रहरीबीचगोली हानाहान

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष कञ्चनपुरको बेलौरी नगरपालिका अन्तरगत पर्ने पचुँई क्षेत्रमा नेपाल प्रहरी र भारतीय तस्करहरुबीच गोली हानाहान भएको छ । मंगलबार बेलुकी सवा ५ बजेतिर ईलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोशाकमा खटिएका प्रहरी र पाँच÷छ जनाको समूहमा

news
माघ १५ देखि जिल्ला लिग

कञ्चनपुर समाचार महेन्द्रनगर, २६ पुस कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आगामी माघ १५ देखि जिल्ला स्तरीय फुटबल लिग प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल संघको आइतबार बसेको बैठकले माघ १५ गतेदेखि स्थानीय खुला मञ्चमा जिल्ला स्तरीय फुटबल लिग आयोजना गर्ने

news
चलचित्रमा चम्किदै कञ्चनपुरका चन्द्र

कञ्चनपुर समाचार धनगढी, पुष २१ सुदूरपश्चिममा चलचित्र क्षेत्रमा प्रवेश गर्नेको ओईरो लागिरहेका वेला केही यस्ता प्रतिभाहरु पनि छन् जसले नेपाली चलचित्रमा छोटो समयमै राम्रो काम गरेर आफ्नो दरिलो प्रस्तुती देखाउन सफल भएका छन । छोटो समयमा चलचित्रमा सफल द्धन्द्ध

news
विषादीकै कारण गिद्ध मरेको पुष्टि

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ । आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध अरू कारणले नभई विषादी

news
तरकारी खेतीका लागि यूवा छनोट

कञ्चनपुर समाचार धनगढी, पुष २० कैलालीमा यस वर्ष युवा लक्षित च्याउ खेती र तरकारी खेती कार्यक्रमतर्फ एकसय आठ यूवा छनोट भएका छन् । च्याउ खेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिक खेती गर्न अनुदान रकम उपलब्ध गराउन लागिएको छ । च्याउ खेतीमा एकसय ११ जना र

मुलुकको बिकासका लागि राजनीतिक स्थायीत्व जरुरी : बडू

कञ्चनपुर समाचार बैतडी, पुष २० नेपाली काँंगे्रसका प्रवक्ता दिलेन्द्र प्रसाद बडूले समग्र मुलुकको बिकासका लागि राजनीतिक स्थायीत्व जरुरी भएको र त्यसका लागि मधेस आन्दोलनको समस्या समाधान हुनुपर्नेे बताउनुभएको छ । गृह जिल्ला दार्चुलाबाट फर्कने क्रममा बैतडीको

मुक्त हलियाका १९ परिवारलाई सयुक्त लालपुर्जा

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाको खल्ला बस्तीका १९ परिवार मुक्त हलियाहरुलाई सयुक्त लालपुर्जा वितरण गरिएको छ । मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समितिका संयोजक प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले विगत लामो

news
कच्चा पदार्थको अभावमा काष्ठ उद्योग संकटमा

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कच्चा पदार्थको अभाव हुँदा कञ्चनपुरको भाँसीमा रहेको बिजयसालका भाडाँकुडा बनाउने मेरीट काष्ठकला उद्योग संकटमा परेको छ । विगत १४ वर्षदेखि विजयसालका भाँडाकुडा बनाउदै आएको उद्योग कच्चा पदार्थ नपाउँदा बन्द गर्नुपर्ने अवस्थामा