ताजा खाबर :

News

कञ्चनपुरमा पहिले पटक आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध कानुनी कारवाही

 
कञ्चनपुर समाचर
महेन्द्रनगर, २६ बैसाख
कञ्चनपुरमा पहिलो पटक आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध कानुनी कारवाही गरिएको छ । मृतकले लेखेको आत्महत्या नोटका आधारमा विभिन्न बहानामा घरेलु हिंसा गर्ने र पकट पटक कुटपिट गरि आत्महत्या गर्न बाध्य बनाउने एकजना विरुद्ध मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १७÷३ बमोजिम पूर्पक्षका लागि जेल चलान गरिएको हो । 
जेल चलान हुनेमा बेल्डाडी नगरपालिका १२ रतनपुरका २२ वर्षीय वीरेन्द्र राना रहेका छन् । रानाकी श्रीमती २२ वर्षीया गोदावरी रानाले गत चैत २१ गते आत्महत्या गर्नुअघि लेखेको सुसाइट नोटका आधारमा अनुसन्धान गरी कारवाही अगाडि बढाइएको कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो । 
रानाकी श्रीमती २२ वर्षीया गोदावरी रानाले विवाह पश्चात श्रीमान्ले कहिल्यै माया नगरेको र पटक पटक विभिन्न बहानामा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको तथा श्रीमानकै कारण आफू आत्महत्या गर्न बाध्य भएको सुसाईट नोटमा लेख्नुभएको थियो । यसअघि, आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध कुनै कारवाही नभएको उपरीक्षक अधिकारीले बताउनुभयो । कञ्चनपुरमा वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएको प्रहरीले जनाएको छ ।