ताजा खाबर :

News

image not found

‘संगम होटलमा भएको हत्याको कारण नजिक अनुसन्धान’

 
कञ्चनपुर समाचर
महेन्द्रनगर, २६ बैसाख
कञ्चनपुरको महेन्द्रनगरस्थित संगम होटलमा भएको बिभत्स हत्याकाण्डमा संलग्न हत्याराहरु तीन दिनसम्म पनि पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालयले हत्याको कारण नजिक अनुसन्धान पुगेको दावी गरेपनि संलग्नहरुका बारेमा एकिन गर्न सकेको छैन् । 
कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले प्रहरी अनुसनधान हत्या नजिक पुगेको प्रतिक्रिया दिनुभएको छ । उहाँले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै घट्नाका बारेमा बिस्तृत रुपमा अहिले नै भन्न नमिल्ने बताउनुभयो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले हत्याकाण्डलाई प्रहरीले तीन कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उनका अनुसार प्रहरीले घट्नालाई महिलासँग सम्बन्धित, होटलमा हुने गरेको ठूलै अवैध कारोबार र मदिरा सेवनपछि भएको आपसी झगडामा केन्द्रीत भएर अनुसन्धान गरिरहेको छ । प्रहरीले घट्नामा गम्भीर घाइते भई कोहलपुरमा उपचार भइरहेका होटलका कामदारको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनले दिने बयानका आधारमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । 
बिहीबार राति धारिलो हतियार प्रहार गरेर होटलका कारिगर कृष्णसिँह बिष्ट र वेटर भीम रोकायाको बिभत्स ढंगबाट हत्य गरिएको थियो । हत्या गरिएकाहरुसँगै बस्ने अर्का वेटर पदमराज जोशी गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । घट्नापछि प्रहरीले होटल सञ्चलक मेहनसिह खत्री, वेटर सुरज रावत र बिहीबार राति होटलमा बास बसेका पाहुनाहरुलाई नियन्त्रणमा लिएर घट्ना बारे सोधपुछ गरेको थियो ।