ताजा खाबर :

News

त्रिभूवनबस्तीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३० बैसाख
कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्तीमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुनर्वास नगरपालिका ७ मा पर्ने ङ गाउँका यमबहादुर शाहीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले बिहीबार बिहान एक नाल भरुवा बन्दुक र नौ थान सिसाका गोलीसहित शाहीलाई त्रिभुवनबस्तीबाट पक्राउ गरेको जानकारी दिनुभयो । जंगलमा शिकार गर्न गइहेको अवस्थामा शाहीलई भरुवा बन्दुक र गोली सहित पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक खनालले शाही बिरुद्ध हातहतियार खरखजाना ऐनअन्र्तगत मुद्दा चलाईने बताउनुभएको छ ।