ताजा खाबर :

News

image not found

श्रीमतिलाई जागिर नलगाएको झाेंंकमा कार्यकारी अधिकृतको सरुवा

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३० बैसाख
राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष टेकराज पनेरुले आप्mनी श्रीमतिलाई जागिर नलगाएको झोकमा कञ्चनपुरको बेदकोट नगरपालिकाका कार्यकारी अधिकृत गणेशदत्त भट्टको सरुवा गराएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । 
श्रीमतिलाई जागिर नलगाएको रिस साँध्न अध्यक्ष पनेरुले राजनीतिक पहुँचका आधारमा आर्थिक वर्षको अन्त्य तिर कार्यकारी अधिकृत भट्टको सरुवा गरेपछि बेदकोट नगरपालिकाका बासिन्दा आन्दोलनम उत्रिएका हुन् । उनीहरुले गृह मन्त्रालयबाट रमाना बुझेर आएका नयाँ कार्यकारी अधिकृत हेमराज जोशीलाई हाजिर हुन नदिने भन्दै बिहीबार नगरपालिकामा तालबन्दी गरेका छन् । 
बेदकोट नगरपालिकाबाट सरुवा गरिएका कार्यकारी अधिकृत भट्टको सरुवा फिर्ता नभएसम्म तालबन्दी जारी रहने र नयाँ कार्यकारीलाई काम गर्न नदिने स्थानीय बासिन्दाले अडान लिएका छन् । राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष पनेरुले विगत चार महिनाबाट आप्mनी श्रीमतिलाई नगरपालिकामा जागिर लगाउन दिएको दवाव नमानेपछि आप्mनो सरुवा गरिएको भट्टले रेडियो कञ्चनपुरसँगको कुराकानीमा बताउनुभएको छ । उहाँलाई स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष पनेरुको सिफारिशमा कञ्चनपुरकै बेल्डाँडी नगरपालिकामा सरुवा गरिएको बताइएको छ ।
स्थानीय बासिन्दाले गरेको तालबन्दीले नगरपालिकाको कामकाज भने प्रभावित नभएको कर्मचारीहरुले बताएका छन् । बेदकोटका बासिन्दाले एक संयुक्त विज्ञप्ती जारी गरेर नगरपालिका कार्यालयमा सिर्जित पछिल्लो परिस्थितिको तत्काल निकास ननिकालिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन