ताजा खाबर :

News

कञ्चनपुरमा दुई सय बढी उजुरी संकलन

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २ जेठ
सशस्त्र द्वन्द्वका बेला भएका भनिएका ज्यादतीको अनुसन्धानका लागि कञ्चनपुरमा एक महिनामा दुई सयभन्दा बढी उजुरी परेका छन् । बैसाखबाट जेठ २ गतेसम्म सशस्त्र द्वन्द्वका बेला भएका भनिएका ज्यादतीको अनुसन्धानका लागि स्थानीय शान्ति समितिको कार्यालय कञ्चनपुरमा दुई सय नौ वटा उजुरी परेका छन् । 
कञ्चनपुरबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा एक सय ८० र वेपत्ता छानविन आयोगमा २९ वटा उजुरी परेको शान्ति समिति संयोजक गगनबहादुर सिँहले जानकारी दिनुभयो । कञ्चनपुरबाट दुबै आयोगमा झण्डै तीन सयको हाराहारीमा उजुरी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । मेलमिलाप आयोगले बैसाख ५ गतेबाट र बेपत्ता छानविन आयोगले बैसाख २ गतेबाट उजुरी संकलन सुरु गरेको थियो । 
स्थानीय शान्ति समिति कञ्चनपुरका कार्यालय सचिव तर्कराज भट्टका अनुसार मेलमिलाप आयोगले असार २ गते र वेपत्ता छानविन आयोगले जेठ ३० गतेसम्म उजुरी संकलन गर्ने छ । स्थानीय शान्ति समितिले कञ्चनपुरमा संकलन भएका उजुरीहरु हरेक हप्ता हुलाकमार्फत दुबै आयोगमा पठाउने गरेको भट्टले जनकरी दिनुभयो ।