ताजा खाबर :

News

भारतीय पक्षको लापरवाहीले एक नेपाली मजदुरको ज्यान गयो

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २ जेठ
भारतीय पक्षले पूर्व जानकारी बिना बनबासा पुलको नेपाल तर्फको ढोका खोल्दा महाकाली नदिबाट ढुङ्गा ल्याउदै गरेको ट्रयाक्टर डुबेर कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । 
भारतीय पक्षले पुलको नेपाल तर्फको ढोका खोल्दा महाकाली नदिमा बढेको पानीको बहावका कारण ट्रयाक्टरका चालक झलारी पीपलाडी नगरपालिका ९ का बिरबहादुर डगौंराको ज्यान गएको हो । भारतीय पक्षले एकाएक ब्यारेजको नेपाल तर्फको ढोका खोलेका कारण ढुङगा ल्याइरहेको ट्रयाक्टर नदीमा डुबेपछि चालक डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । 
ट्याक्टर महाकाली किनारदेखि तीन सय मिटर टाढा नदीको बिच भागमा डुवेर पल्टिँदा चालक डगौरा बेपत्ता हनुभएको थियो । झण्डै एक घण्टा पछि प्रहरीले डगौंरालाई मृत अवस्थामा फेला पारेका थियो । पूर्व जानकारी विना नै भारतीय पक्षबाट एकाएक बनवासा पुलका ढोका खोल्दा पानीको बहाव बढ्न गई घटना भएको र यसबारे भारतीय अधिकारीहरु संग छलफल गरिने प्रहरी नायव उपरीक्षक  खनालले जानकारी दिनुभएको छ ।