ताजा खाबर :

News

रुखबाट खसेर बृद्धको मृत्यु

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३ जेठ
कञ्चनपुरको महाकाली नदि पारी दोधारा–चाँदनीमा रुखबाट खसेर एक जनाको ज्यान गएको छ । दोधारा–चाँदनी नगरपालिका ४ का ६२ वर्षिय रंगबहादुर सिँहको सोमबार बिहान घर नजिकैको सिसौंको रुखबाट खसेर ज्यान गएको हो । स्थानीय मालिका सामुदायिक वनमा तारबारका लागि हाँगा काट्ने क्रममा सिसौंको रुखबाट खसेर सिँहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक केदार खनालले सोमबार बिहान साढे ७ वजे घर नजिकैको सिसौंको रुखबाट खसेका सिँहको घट्नास्थलमै ज्यान गएको जानकारी दिनुभयो । उहाँले सिँहको शव पोष्ट मार्टमका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको बताउनुभयो । 
उता कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वनसमितिमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । वनसमिति वजारवाट ५० मिटर पश्चिममा रहेको नागेश्वर मध्यवर्ती सामुदायिक वनको कार्यालय नजिकै अन्दाजी ४० बर्षिय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिनुभयो । 
शव मानसिक अवस्था ठिक नभएका भारतीय नागरिकको रहेको बुझिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक रावलका अनुसार वेवारिसे अवस्थामा भेटिएको शवलाई व्यवस्थापनका लागी झलारीपिपलाडी नगर पालिकालाई आग्रह गरिएको वताउनुभएको छ ।