ताजा खाबर :

News

रजिष्ट्रार भट्टका स्टाटसहरु डिलिट !

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ५ जेठ 
पदीय मर्यादा विपरित सत्तारुढ नेकपा एमालेको गुणगान गाउँदै आएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टले सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्तिहरु मेटाउनु भएको छ । 
सञ्चार माध्यमहरुमा पदीय दुरुपयोग गरेको समाचार सम्प्रेषण भएसँगै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएपछि रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्तिहरु मेटाउनु भएको हो । उहाँले आफ्ना अभिव्यक्तिहरु मेटाउँदै आप्mना स्टाटसहरु लाई लिएर अतिरञ्जित गर्ने कुराले दुःख लागेको भन्दै आप्mनो कसैप्रति दुराग्रह नरहेको र राष्ट्रका सबै नेता, पार्टी र देश प्रति उच्च सम्मान रहेको स्टाटस् पोष्ट गर्नुभएको छ । 
यसअघि उहाँले पदीय मर्यादा विपरित सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटस् पोष्ट र ट्वीट गर्नुभएको छ । उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको थियो । 
यसैबीच रजिष्ट्रार भट्ट विरुद्ध आन्दोलन सुरु भएपछि एमाले निकटको अनेरास्ववियु कञ्चनपुरका केही विद्यार्थी नेताले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठमाथि प्रश्न उठाएका छन् । उनीहरुले उपकुलपति श्रेष्ठले सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरलाई लिएर प्रश्न उठाएका हुन् । श्रेष्ठले नेपाली काँग्रेसको १३ औ महाधिबेशनका बेला प्रचार प्रसारका लागि तत्कालिन बरिष्ठ नेता शेरबहादुर देउवाको फेशबुकमा पोष्ट ंगरिएको ‘शक्तिशाली काँग्रेस हाम्रो संकल्प, शेरबहादुर देउवाको छैन् विकल्प’ उल्लेख गरिएको फोटो शेयर गर्नुभएको छ । यस्तै उपकुलपति श्रेष्ठले फेशबुक प्रयोगकर्ता श्याम पोखरेलले पोष्ट गरेको प्रचण्ड र बाबुराम भट्टराई एक साथ भएको तस्बिर शेयर गर्नुभएको छ ।