ताजा खाबर :

News

image not found

कार्यकारी अधिकृत टिकाउन नागरिक समाज अभियानमा

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ५ जेठ 
नागरिक समाज कञ्चनपुरले जिल्लाकै जेठो नगरपालिका भीमदत्तमा कार्यकारी अधिकृत लामो समयसम्म नटिक्नुको कारण पत्ता लगाउने अभियान सुरु गरेको छ । चालु आर्थिक वर्षको सुरुवात बाटै नगरपालिकाले कार्यकारी अधिकृत पाउन नसकेपछि नागरिक समाजले कार्यकारी अधिकृत लामो समयसम्म नटिक्नुको कारण पत्ता लगाउने अभियान सुरु गरेको हो । 
नगरपालिकामा कार्यकारी अधिकृत नटिक्नुको कारण पत्ता लगाएर समस्या समाधानका लागि पहल गर्न अभियान सुरु गरिएको नागरिक समाजका जिल्ला संयोजक भवराज रेग्मीले जानकारी दिनुभयो । अभियान अन्तरगत नागरिक समाजले बुधबार नगरपालिकाका प्रशासकिय अधिकृत हरिसिँह धामी र ईन्जिनियर गोरखबहादुर सिँहसँग छलफल गरेको छ । छलफलपछि नागरिक समाजले कार्यकारी अधिकृतको व्यवस्था गरिदिन स्थानीय प्रशासनमार्फत स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । 
नागरिक समाजका अध्यक्ष रेग्मीले यसपछि राजनीतिक दल र नगरपालिकामा कार्यरत विभिन्न शाखाको जिम्मा पाएका शाखा प्रमुख र कर्मचारीहरुसँग छुट्टाछुट्टै छलफल गरेर कार्यकारी अधिकृत नटिक्नुको कारण पत्ता लगाउने प्रयास गर्ने बताउनुभएको छ । विगत १० महिनादेखि नगरपालिका कार्यालय कार्यकारी अधिकृत बिहिन भएका कारण विकास निर्माणसँगै अन्य कामहरु प्रभावित भएपछि नागरिक समाजले चाँसो देखाएको छ । 
कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने विकास निर्माणका कामसँगै सामाजिक सुरक्षा भत्ता र घरका नक्सा पासको काम अवरुद्ध हुँदै आएको प्रशासकिय अधिकृत हरिसिँह धामीले बताउनुभएको छ । १० महिनाको अवधिमा स्थानीय विकास मन्त्रालयले भीमदत्त नगरपालिकामा पठाएका सात जना कार्यकारी अधिकृत मध्ये एक जनापनि लामो समयसम्म टिकेका छैनन् ।