ताजा खाबर :

News

सुदूरपश्चिमबाट झण्डै १५ सय उजुरी

 
बिराज रोस्यारा
धनगढी, ६ जेठ
सत्य निरुपण तथा वेपत्ता छानविन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घट्ना छानविनका लागि उजुरी लिन शुरु गरेको एक महिनामा सुदूरपश्चिमबाट झण्डै १५ सय उजुरी परेका छन् । सुदूरपश्चिमका नौ वटै जिल्लामा सत्य निरुपण तथा मेलमिलाप आयोगमा एक हजार तीन सय २२ र बेपत्ता तथा छानविन आयोगमा एक सय ६८ वटा निवेदनहरु परेका हुन । 
जस अन्तर्गत बाजुरामा सबै भन्दा बढी दुई सय २८ र डोटीमा सबैभन्दा कम ५५ वटा निवेदन दर्ता भएका छन् । त्यस्तै बझाङ्गबाट एक सय ६७, दार्चुलाबाट ९०, वैतडीबाट एक सय ९१, डडेल्धुराबाट एक सय ४५, कञ्चनपुरबाट दुई सय नौ, अछामबाट दुई सय १६ र कैलालीबाट एक सय ८९ वटा उजुरी परेको सम्बन्धित जिल्लाका स्थानीय शान्ति समितिले जानकारी दिएका छन् । 
स्थानीय शान्ति समिति कैलालीका कार्यालय सचिव अनु हमालले निवेदन दिनेहरुले राज्य पक्षबाट क्षतिपुर्ति, वालवच्चाको पढाई र दोषीलाई सजाएको माग गरेको बताउनु भयो । उहाँले कैलालीमा परेका उजुरीहरुमा सत्य निरुपण तर्फ चार जना अज्ञात समुहबाट, ९० जना राज्य पक्षबाट, एक जना गोप्य, ३३ जना माओवादी र २५ जना व्यक्तिको नाममा निवेदन दिएको बताउनु भयो ।
त्यस्तै बेपत्ता तर्फ सात जना अज्ञात समुहबाट, छ जना माओवादीबाट, १३ जना राज्य पक्षबाट र आठ जना व्यक्तिको नामै किटेर निवेदन दिएको सचिव हमालले बताउनु भयो ।