ताजा खाबर :

News

पार्टी एकताको कञ्चनपुरमा खुसियाली

 
राजेन्द्र पनेरु
महेन्द्रनगर, ६ जेठ
माओवादी पार्टीहरु आज एकिकरण भएको अवसरमा कञ्चनपुरमा माओवादीका कार्यकर्ताहरुले खुसियाली मनाएका छन ।
जनयुद्ध संगै लडेर पछिल्ला दिनहरुमा फुटेका माओवादी पुनः एकिकृत भएको अवसरमा माओवादी नेता कार्यकर्ताहरुले खुसियाली मनाएका हुन् ।
एकिकृत नेकपा माओवादीका नेता चन्द्रकान्त भट्टले एकताको अवसरमा कञ्चनपुर जिल्लाभरी खुसीयाली मनाईएको बताउनु भयो ।
उहाँका अनुसार जिल्लाको नगर, गाँउ, वडा इकाई कमिटीहरुमा पञ्चेवाजा बजाएर, एक आपसमा रंगदली खुसीयाली साटासाट गरिएको छ ।
एकताले माओवादी मात्रै नभई राष्ट्रियता र जनता समेत बलिया हुने नेता भट्टले बताउनु भयो । 
विभिन्न माओवादी पार्टीमा रहेका नेता÷कार्यकर्ताहरुले एक आपसमा मिठाई खाएर, अविर लगाएर खुसियाली मनाएको नेकपा  माओवादी  क्रान्तिकारीबाट एकिकरणमा सहभागि नरेन्द्र चौधरीले बताउनु भयो ।
कञ्चनपुरका अधिकाँस एमाओवादी नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत एकताको ऐतिहासिक सन्देश भन्दै नेतृत्वलाई बधाई ज्ञापन समेत गरेका छन् ।
एकताबाट पार्टी नयाँ ढङगबाट संचालन गर्न नेतृत्वलाई माओवादी नेता कार्यकर्ताहरुले फेसवुक मार्फत सुझाव दिएका छन् ।
देश र जनताका लागि केही गर्नु छ, भने फुट बाट होईन् जुटेर अघि बड्नुपने कञ्चनपुरका माओवादी नेता-कार्यकर्ताहरुको भनाई छ ।