ताजा खाबर :

News

image not found

नेविसंघको आन्दोलनले सिद्धनाथको पठनपाठन अवरुद्ध

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १६ जेठ
नेकपा एमालेको गुणगान गाउने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्ट विरुद्ध आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघले सिद्धनाथ बहुमुखी क्याम्पसको पठनपाठन अवरुद्ध गरेको छ । नेविसंघको केन्द्रीय कार्यालयको आव्हानमा कञ्चनपुरमा रहेका दुबै नेविसंघले आइतबार बिहानैबाट क्याम्पसको मुल गेटमा ताला लगाएर पठनपाठन अवरुद्ध गरेका हुन् । 
केन्द्रीय कार्यालयको आव्हानमा अच्युतराज कलौनी र गंगादत्त भट्ट नेतृत्वका दुबै नेविसंघमा आवद्ध विद्यार्थी नेता तथा विद्यार्थीहरु बिहानैबाट क्याम्पस पुगेको थिए । नेविसंघले बिहानैबाट गरिरहेको प्रदर्शनका कारण विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरु क्याम्पसमा प्रवेश गर्न पाएका छैनन् । जिल्ला उपाध्यक्ष पुरोहित बडूमाथि सांघातिक आक्रमण गर्ने अनेरास्ववियुका मदन चन्द र कमल रोकाया विरुद्ध कारवाही हुनु पर्ने माग गर्दै एक दिनका लागि क्याम्पसको पठनपाठन अवरुद्ध गरेको नेविसंघका केन्द्रीय सदस्य बिष्णुदत्त जोशीले बताउनुभएको छ । उहाँले भोलीबाट क्याम्पसमा पठक पाठन अवरुद्ध नगर्न नेविसंघका जिल्ला नेतृत्वलाई आग्रह गरिएको जानकारी दिनुभयो । 
अस्ती शुक्रबार विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको रोहबरमा रजिष्ट्रार भट्टसहित विद्यार्थी संगठनहरु छलफल गरिरहेका बेला अनेरास्ववियु आक्रमणमा उत्रिएको थियो । अनेरास्ववियुले गरेको आक्रमणबाट नेविसंघका उपाध्यक्ष पुरोहित बडू गम्भीर घाइते हुनुभएको छ ।