ताजा खाबर :

News

image not found

अनेरास्ववियुका नेता रातोकीमाथि आक्रमण

कञ्चनपुर समाचार
महेन्द्रनगर, २१ जेठ
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका अनेरास्ववियु अध्यक्ष नवीन रतोकीमाथि आक्रमण भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँगै जोडिएको कटानस्थित डेरामा अध्यक्ष रतोकीमाथि आक्रमण भएको हो । 
अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम बस्नेतले बिहीबार राति साढे ९ वजे रोतोकीमाथि नेविसंघ आवद्ध विद्यार्थीको समुहले खुकुरी प्रहार गरेको दाबी गर्नुभएको छ । उहाँले आठ नौ जनाको समुहमा आएको हतियारधारी समुहले रतोकीमाथि खुकुरी प्रहार गरेको बताउनुभयो । अध्यक्ष बस्नेतले नेविसंघका रोशन ठगुन्ना, पन्त बिन्दास, महेश जोशी र अठ्ठा उपनाम गरेका युवकले आक्रमण गरेको रेडियो कञ्चनपुरलाई बताउनुभएको छ । घाइते रतोकीलाई महाकाली अञ्चल अस्पतालले गएराति नै कोहलपुर रिफर गरेको अनेरास्ववियुले जनाएको छ । 
अनेरास्ववियुले विद्यार्थी नेता रतोकीमाथि खुकुरी प्रहार भएको दाबी गरेपनि प्रहरीले पुष्टि गरेको छैन् । वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक कर्णबहादुर चन्दले घट्नास्थलबाट लठ्ठी बरामद गरेको बताउँदै घाइतेमाथि प्रहार गरिएको बस्तुबारे अस्पतालले पुष्टि गर्ने बताउनुभयो । प्रहरीले घट्नामा संलग्न भएको आशंकामा दुई जना युवकलाई पक्राउ गरेपनि नाम सार्वजनिक गरेको छैन् । अनेरास्ववियुका रतोकीमाथि आक्रमण भएपछि प्रहरी शुक्रबार बिहानैबाट सदरमुकाम महेन्द्रनगरमा मोटरसाईकलमा ओहोरदोहोर गर्नेलाई कडाईका साथ चेकजाँच गरिरहेको छ ।