ताजा खाबर :

News

image not found

मनिष बने झिल्के डन

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ असार 
कैलालीको टिकापुरका गायक तथा हास्य कलाकार मनिष खड्काले ‘झिल्के डन’ बोलको गीत बजारमा ल्याएका छन् । बहुमुखी प्रतिभाका धनी मनिष राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने सांस्कृतिक कार्यक्रममा गायनका साथै कमेडी नृत्यका माध्यमबाट दर्शक तथा स्रोतलाई मनोरञ्जन दिँदै आएका छन् । लामो समयको संघर्ष पछि उनले आफ्नै शब्द तथा सङीत रहेको झिल्के डन बोलको गीतमा गायनसंगै जोडदार अभिनय गरेका छन् ।
डेढ दर्जन बढी गीतमा स्वर दिइ सकेका मनिषका प्यार भन्छ मायाले, मादलु बज्यो, अनौठो परिक्षा, भन्दिउ क्या हो लगायतका थुप्रै गीतहरु दर्शक स्रोताको मन जित्न सफल भएका छन् । पछिल्लो समय बजारमा आएको झिल्के डनमा सिर्जु अधिकारीले उनलाई गायनमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा मनिषले रिना थापा मगरसँग अभिनय गरेका छन् । । आशिष म्युजिकले बजारमा ल्याएको भिडियोको निर्देशन बब्बु थापाले गरेका हुन भने छायांकन दुर्गा पौडेलले गरेका छन् ।