ताजा खाबर :

News

image not found

सुनको प्रलोभन देखाएर ठग्ने डडेल्धुराका युवक चितवनमा पक्राउ

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ असार
सुनको प्रलोभन देखाएर ठगी गर्दै आएका डडेल्धुराका एक युवक चितवनमा पक्राउ परेका छन् । डडेल्धुराको समैजी गाविस वडानम्बर ३ का २५ वर्षिय ओमप्रकाश भट्ट चितवनको भरतपुरबाट पक्राउ परेका हुन् । 
उनी विगत लामो समयदेखि सामाजिक सञ्जालबाट आफूसँग सुन रहेको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । उनले सामाजिक सञ्जाल फेशबुकमा साथी बनाउने, साथी बनेकाहरुलाई आफूसँग ठूलो परिमाणमा सुन रहेको र आफूलाई केही रकम दिए त्यो वाफत हुन जाने भन्दा बढी सुन दिने प्रलोभन देखाएर सर्वसाधारण लुट्ने गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले डडेल्धुराका निलम पनेरुबाट एक लाख, रोल्पाका अर्जुन कुमार गोस्वामीबाट ५० हजार र धनगढीका नैनसिँह भाटबाट ३५ हजार रुपैयाँ ठगी गरेका छन् । 
पक्राउ परेका भट्टले सुनको प्रलोभनमा परेर आफूलाई आईएमईबाट पैसा पठाएका व्यक्तिलाई फेशबुक आईडीमा ब्ल्क गर्ने गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भट्ट पक्राउ बारे पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रबिन्द्रबाबु रेग्मीले सुन ठगी आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी दिँदै घट्नाको बारेमा बिस्तृत सोधपुछ बाँकी रहेको बताउनुभयो ।
उनी बिरुद्ध अहिलेसम्म कसैले प्रहरीमा ठगी मुद्दा दायर गरेको छैन् । कैलालीको धनगढीस्थित होटल साथीमा काम गरेका उनले सोही होटलमा चिनजान भएका केही व्यक्तिहरुलाई पनि ठगेको स्रोतको दाबी छ ।