ताजा खाबर :

News

image not found

एमाले हिमाल, पहाड र मधेशलाइ फुटाउने गम्भीर षडयन्त्रमा : देउवा

  • काँग्रेसले जिते सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने प्रतिवद्धता
  • चुनावमा असहयोग गर्ने नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी
  • राष्ट्रबादको परिभाषा सहि तरीकाले सिकेर आउन एमालेलाई आग्रह
केशव सावद
अत्तरिया, २७ चैत 
नेपाली काँग्रेसका सभापति तथा पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल नेकपा एमाले हिमाल, पहाड र मधेशलाइ फुटाउने गम्भीर षडयन्त्रमा लागेको गम्भीर आरोप लगाउनु भएको छ ।
सुदूरपश्चिमको प्रमुख प्रवेशद्वार अत्तरीयावाट कांग्रेसले शुरु गरेको देशब्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले एमाले जस्तो जिम्मेवार पार्टीले देशका बिभिन्न जातजाति र भाषाभाषीलाइ फुटाउन खोजेको आरोप लगाउनु भएको हो । मधेशलाइ छोडेर हिमाल र पहाडले मात्र देश वन्न नसक्ने उहाँको भनाई रहेको थियो । देश निर्माणमा देशका सवै जातजाति र भाषभाषीको उत्तिकै योगदान रहेको जिकिर गर्दै सभापति देउवाले राजनीतिका नाममा एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । 
आमसभालाइ सम्बोधन गर्दै देउवाले प्रतिपक्षी नेता केपी ओलीको नामै लिएर उखान टुक्काले देश बन्ने भए कलाकारलाइ पार्टीको अध्यक्ष वनाए राम्रो हुने र ओली भन्दा राम्रा कलाकार देशमा धेरै रहेको बताउनुभयो । नेपालको बिकासमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेकाले नेपाली जनता काँगेसको पक्षमा रहेको उहाँको बिश्वाश थियो । काँग्रेसलाइ निर्वाचनमा जिताए बृद्ध भत्ता, असहाय भत्ता , बिधवा भत्ता र सवैखाले सामाजिक भत्ता दोब्बर वनाउने उहाँले बचन समेत दिनु भएको छ । 
कैलाली कञ्चनपुरमा बिभिन्न समुदायका जातजातिका ब्यक्तिहरु रहेकोले सबैले मिलेर बस्नुको बिकल्प नभएको सभापति देउवाले बताउनुभयो । उहाँले कैलाली कञ्चनपुरमा रहेका आदिवासी जनजातिलाई बिशेष अधिकार दिएर भएपनि उनिहरुको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ 
सभामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले प्रतिपक्षीको भुमिका भन्दा देशमा द्वन्द निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनुभयो । कम्युनिष्टहरुले जहिल्यै समस्या जन्माउने मात्रै काम गर्ने गरेको भन्दै उहाँले हरेक समस्याको समाधान काँग्रेसले मात्रै दिन सक्ने बताउनुभयो । समाजमा अनेक प्रपञ्च रचेर जातिय नारा दिएर प्रत्येक समुदायलाई भड्काउने प्रयास भएको भन्दै नेता पौडेलले अब त्यसको समाधान काँग्रेसले मात्रै गर्न सक्ने दावी गर्नुभयो । केहि पार्टीहरुले राष्ट्रवादको भ्रम जनतामा छरेको भन्दै उहाँले राष्ट्रबादको परिभाषा सहि तरीकाले सिकेर आउन समेत आग्रह गर्नुभयो । 
काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संबिधानको स्थायीत्व र कार्यान्वयनका लागि कांग्रेसलाई स्थानीय निकायको निर्वाचन जित्नुको बिकल्प नभएको बताउनु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेसले स्थानीय निकायको निर्वाचनमा बहुमत प्राप्त गर्ने उहाँले बताउनुभयो । स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने कार्यकर्ता र बागी उठ्ने उम्मेदवारलाई पार्टीले कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो । स्थानिय निकायको निर्वाचन लगत्तै मुलुकको बिकासका लागि बृहत खाका तयार गरिने समेत महामन्त्री कोइरालाले बताउनु भएको छ ।
सभालाई सम्बोधन गर्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संबिधान कार्यान्वयन, बिकास र राजनीतिक स्थायीत्वका लागि स्थानीय निकायको निर्वाचनमा काँगेसलाई जिताउनुको बिकल्प नभएको बताउनु भएको छ । हरेक परिबर्तन काँग्रेसको नेतृत्वमा मात्रै सम्भब भएको भन्दै उहाँले आगामी बैशाख ३१ गते तय गरिएको निर्वाचन कुनै बहानामा सार्न नहुने बताउनुभयो । नेपालको विकास र स्थायीत्वका लागि जनता धेरै रगत बगाएकाले अब कसैले पनि देशलाई द्वन्द्व तिर लैजाने कुरा गर्न नहुनेमा उहाँको जोड थियो । 
चुनावी सभामा काँग्रेस नेता एनपि सावदले राष्ट्रिय एकताका लागि काँग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय निकायको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभयो । काँग्रेस सबैलाई मिलाएर लैजानु पर्छ भन्ने पक्षमा रहेकाले सबैसँग हातेमालो गर्न काँग्रेस तयार रहेको समेत उहाँको भनाई थियो । काँग्रेसका नेता एवम् भौतिक योजना तथा पूर्बाधार मन्त्री रमेश लेखकले देश निर्वाचनमय भइसकेको र नेपाली जनता मतदान गर्न आतुर रहेकाले निर्धारित समयमै निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्नु भएको छ । देशको समृद्धिका लागि हरेक क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास आवश्यक भएको भन्दै उहाँले आवश्यक पूर्वाधारको विकासकालागि काँग्रेस लागि परेको बताउनुभयो ।