ताजा खाबर :

News

image not found

धनगढी प्रिमियर लिग क्रिकेटमा कञ्चनपुर आईकोनिक र विराटनगर किंग्स विजयी

कञ्चनपुर समाचार
धनगढी, ३१ चैत
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा कञ्चनपुर आईकोनिक र विराटनगर किंग्स विजयी भएको छ । धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आईकोनिक र सिवाइसी अत्तरीयालाई ८ विकेट पाखा लगाउँदै विराटनगर किंग्स विजयी भएको हो । 
बिहीबारको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको थियो । धनगढीका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए । यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । 
धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । कञ्चनपुरका अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धा्रित २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । 
कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई तथा सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए । 
यस्तै दोस्रो खेलमा सिवाईसी अत्तरियाले दिएको ९३ रनको लक्ष्य विराटनगरले ४९ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो । विराटनगरका लागि आशिफ शेखले ४६ तथा दिपेन्द्र सिंह ऐरीले २६ रनको योगदान गरे । टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धा्रित ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाएपछि विराटनगरले ९३ रनको सामान्य लक्ष्य पाएको हो । 
अत्तरियाका लागि महबुब आलमले २७, ज्ञानेन्द्र मल्लले १४ तथा करन केसीले १७ रन बनाए । सन्दिप लामिछानेले अत्तरियाको ३ विकेट लिए । सिवाइसीले ३ मध्ये एक खेल मात्र जितेको छ । त्यस्तै विराटनगरले २ खेलमा जित र एकमा हार व्यहोरेको छ ।