ताजा खाबर :

News

image not found

आनन्द बजार क्षेत्रको विवादित भूमी छुट्याउन ६५ वटा सीमा स्तम्भ निर्माण हुँदै

प्यारातालको समस्या समाधानका लागि अख्तियारी छैन् : सीमा सर्भे टोली 
हेमन्त न्यौपाने 
पुनर्वास, २ बैशाख 
कञ्चनपुरको पुनर्वास घटना पछि नेपाल–भारत सीमा सर्भे गर्न सर्भे टोली पुनर्वास पुगेको छ । प्याराताल बाहेकको लगभग पुनर्वास नगरपालिकामा विवादित क्षेत्र अन्तरगत झण्डै साढे चार किलोमीटर सीमाको टुंगो लगाएर टोलीले सीमा स्तम्भ गाड्ने छ । सीमा सर्भे टोलीले पुनर्वासको विवादित क्षेत्र प्यारातालमा सीमा छुट्याउने जिम्मेवारी अहिले नपाएको बताएको छ । 
पुरानो सीमा स्तम्भ नम्बर अनुसारको साविक परासनमा पर्ने १९५ नम्बर सीमा स्तम्भ तथा प्याराताल लगायतको भारतले जबर्जस्ती विवादित बनाएको सीमा क्षेत्रको अहिले सर्वेक्षण नहुने नापी कार्यालय काठमाडौबाट खटिएका नापी अधिकृत निर्मल आचार्यले बताउनुभएको छ । सर्भे टोलीले आनन्द बजार क्षेत्रको विवादित भूमीमा स्ट्रीप म्यापका आधारमा नापी गरिने बताएको छ । स्ट्रीप म्याप भनेको राणा शासनकालमा बेलायती सम्राज्यवादीसंग राणाहरुले पछिल्लो पटक निश्चित नक्सांकन गरि बनाएको नक्सा हो । 
नयाँ सीमा स्तम्भ नम्बर अनुसार ७७१ नम्बर सिमा स्तम्भदेखि ७७६ नम्बर सीमा स्तम्भ सम्म सीमा सर्वेगरि ६५ वटा सीमा स्तम्भ निर्माण हुने टोलीले बताएको छ । टोलीका अनुसार आनन्द बजार नजिकै पर्ने ७७० नम्बरको सीमा स्तम्भ सँगै जोर नम्बर सीमा स्तम्भ र त्यसपछिका बिचमा पर्ने सहायक स्तम्भ भारतले निर्माण गर्ने छ भने विजोर नम्बरका सीमा स्तम्भ र बिचमा पर्ने सहायक स्तम्भहरु नेपालले निर्माण गर्ने बताइएको छ । 
अब एउटा सिमा स्तम्भ देखि अर्को सिमा स्तम्भ नजिकै देखिने छ । एउटा मुख्य सिमा स्तम्भ देखि अर्को सिमा स्तम्भ सम्म करिव १० भन्दा धेरै सहायक स्तम्भहरु पर्ने छन । मुख्य सिमा स्तम्भ जमिनबाट दुई मिटर अग्लो हुनेछ भने सहायक स्तम्भ जमिनबाट एक मिटर अग्लो हुनेछ ।