ताजा खाबर :

News

image not found

पारसको आक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा

-रूपन्देहीको जितमा पुर्ण विराम 
-कञ्चनपुर आईकोनिक र सिवाईसी अत्तरीया प्रतियोगितावाट वाहिर
सीताराम ओझा
धनगढी, ४ बैसाख  
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । खराब सुरुवात गरेको रुपन्देहीले १६ रन हुदा चार विकेट गुमाइसकेको थियो । उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । रुपन्देहीलाई कम रनमा समेट्न धनगढीका लागि ललित राजबंशीले चार विकेट लिए भने सुशान भारी र सौरभ खनालले १÷१ विकेट पाए । 
९२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको धनगढीले ११ ओभरमा ४ विकेट गुमाउदै विजय लक्ष्य पुरा ग¥यो । पिडिएलको कुनै पनि खेलमा नचलेका कप्तान पारस खड्का लिग चरणको अन्तिम खेलमा चम्किदै आफ्नो टीमालाई प्लेअफमा पुराउन सफल भए । २१ वलमा ४२ रन हानेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, धनगढीका आरिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह रौटेलाले १३÷१३ रन जोडे । रुपन्देहीका लागि साहद आलमले दुई र कृष्ण कार्कीले १ विकेट लिए । 
यसअघि एउटा मात्र खेल जितेको पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न १४ ओभर तीन बलमा जित लक्ष्य भेटाउनु पर्ने थियो । यदि त्यस्तो नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था थियो । तर ११ ओभरमै धनगढीले लक्ष्इ भेटाएपछि कञ्चनपुर आईकोनिक समान चार अंक भएपनि रनरेटका आधारमा प्रतियोगितावाट वाहिरीएको छ । अंक तालिकाको पुछारमा रहदै सिवाईसी अत्तरीया यसअघि नै घर फर्किसकेको छ । 
यता अंक तालिकामा ५ खेलमा एक खेल गुमाएको रुपन्देही च्यालेन्जर्स ८ अंक सहित शिर्षस्थानमा रहदा ५ खेलमा दुई खेलमा हार व्यहोरेको विराटगर किंग्स दोस्रो स्थानमा रहेको छ । समान चार अंक रहेका काठमाण्डौ गोल्डेन्स तेस्रो र धनगढी टीम चौराह चोथौ हुदै प्लेअफमा पुगेका छन । ४/४ अंक भएपनि रनरेटका आधारमा कञ्चनपुर आईकोनिक पाचौ र सिवाईसी अत्तरीया छैटौ हुदै प्रतियोगितावाट वाहिर भईसकेका छन । लिग अन्तर्गत वैशाख ५ गते कुनै पनि खेल छैन भने ६ गते अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको रुपन्देही र विराटनगरले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । विजेता सिंधै फाईनल पुग्नेछ भने पराजित टीमले तेस्रो र चौथो टीमको विजेतासग फाईनल प्रवेशका लागि मौका पाउनेछ । ६ गते नै दोस्रो खेलमा काटठमाण्डौ गोल्डेन्स र धनगढी टीम चौराह वीच खेल हुनेछ । त्यसको विजेताले ७ गते पहिलो र दोस्रो खेलमा पराजित टोलीसग फाईनलका लागि खेल्नेछ । वैशाख ९ गते सकिने धनगढी प्रिमियर लिगको विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पाउनेछन । 
 

Points Table

TEAMS

MAT

WON

LOST

TIED

N/R

PTS

NET RR

FOR

AGAINST

Rupandehi Challengers

5

4

1

0

0

8

+0.760

632/100.0

506/91.0

Biratnagar Kings

5

3

2

0

0

6

-0.127

466/81.0

588/100.0

Kathmandu Goldens

5

2

3

0

0

4

+0.440

671/100.0

627/100.0

Dhangadhi Team Chauraha

5

2

3

0

0

4

-0.036

540/91.0

597/100.0

Kanchanpur Iconic

5

2

3

0

0

4

-0.313

529/90.0

552/89.1

CYC Attariya

5

2

3

0

0

4

-0.834

552/100.0

520/81.5

-को को छन सर्वाधिक रन वनाउने खेलाडी 

 

Player

Mat

Inns

NO

Runs

HS

 

 

 

 

 

 

 

 

KC Prakash

5

5

2

123

49*

 

 

 

 

 

 

 

 

(Rupandehi Challengers)

Sagar Pun

5

5

0

122

40

 

 

 

 

 

 

 

 

(Kanchanpur Iconic)

S Vesawkar

5

4

0

121

46

 

 

 

 

 

 

 

 

(Biratnagar Kings)

Sompal Kami

5

5

0

115

40

 

 

 

 

 

 

 

 

(Kathmandu Goldens)

S Dhamala

5

5

0

113

39

 

 

 

 

 

 

 

 

(Kanchanpur Iconic)

AK Mandal

5

5

0

92

29

 

 

 

 

 

 

 

 

(Dhangadhi Team Chauraha)

S Maharjan

5

5

1

88

44*

 

 

 

 

 

 

 

 

(Kathmandu Goldens)

YS Karki

5

5

1

87

57

 

 

 

 

 

 

 

 

(CYC Attariya)

Aarif Sheikh

5

5

1

85

58

 

 

 

 

 

 

 

 

(Dhangadhi Team Chauraha)

P Thapa

5

5

0

82

36

 

 

 

 

 

 

 

 

(Rupandehi Challengers)

 
-को को छन सर्वाधिक विकेट लिने खेलाडी 
 

Player

Mat

Inns

Overs

Mdns

Runs

Wkts

BBI

 

 

 

 

 

Shahab Alam

5

5

19.0

3

83

14

4/8

 

 

 

 

 

(Rupandehi Challengers)

A Karn

5

5

16.0

0

89

11

3/12

 

 

 

 

 

(Kanchanpur Iconic)

S Kandel

5

5

19.0

2

112

11

4/8

 

 

 

 

 

(Biratnagar Kings)

Sompal Kami

5

5

19.5

2

112

11

4/21

 

 

 

 

 

(Kathmandu Goldens)

K Karki

5

5

18.1

0

106

10

3/14

 

 

 

 

 

(Rupandehi Challengers)

S Lamichhane

5

5

19.0

3

85

9

4/28

 

 

 

 

 

(Biratnagar Kings)

B Lama

5

5

18.0

0

89

9

3/9

 

 

 

 

 

(CYC Attariya)

S Bhatta

5

5

16.0

1

98

8

3/22

 

 

 

 

 

(Kathmandu Goldens)

Aarif Sheikh

5

5

20.0

2

118

7

3/17

 

 

 

 

 

(Dhangadhi Team Chauraha)

M Shrestha

5

5

19.0

0

128

7

3/20

 

 

 

 

 

(Kathmandu Goldens)