ताजा खाबर :

News

बसले मोटरसाईकल ठक्कर दिँदा दुईको मृत्यु

सुरेश पन्त
महेन्द्रनगर, ५ चैत
पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको बनसमितिमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट महेन्द्रनगर तफ आउँदै गरेको ना ५ ख ३९५५ नम्बरको बसको ठक्करबाट विपरित दिशाबाट जाँदै गरेको से १ प ४५५५ नम्बरको मोटरसाईकलमा सवार पुरुष र महिलाको ज्यान गएको हो । 
मंगलबार बिहान १० वजे तिर बसको ठक्करबाट कैलालीको हसुलियाका ३७ वर्षिय बसन्त विकको घट्नास्थलमै र ३५ वर्षीया मीना विकको महाकाली अञ्चल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । दुवै जना छिमेकी मुलुक भारतको उत्तराखण्डमा पर्ने पूर्णागिरी मन्दिरको दर्शन गरेर घर फर्किदै गर्दा शुक्लाफाँटा नगरपालिका–५ वन समिति नजिकै दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । ठक्कर दिने बस चालक फरार भएको र बसलाई इलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।