ताजा खाबर :

News

image not found

विप्लवको कार्यक्रममा प्रशासनको अवरोध

कुन्दन पाण्डेय
महेन्द्रनगर, ५ चैत
स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आन्दोलनरत नेकपा माओवादीले कञ्चनपुरमा आयोजना गरेको बिरोध कार्यक्रम स्थानीय प्रशासनले बिथोलिदिएको छ । विप्लव नेतृत्वको माओवादीले सदरमुकाम महेन्द्रनगरमा मंगलबार दिउँसो २ वजेका लागि निर्धारण गरेको बिरोध कार्यक्रम स्थानीय प्रशासनले बल प्रयोग गरेर बिथोलिदिएको हो । 
महेन्द्रनगरको स्मारकमा कार्यक्रम आयोजना गर्न स्टेज बनाउँदै गर्दा प्रहरीले टेन्ट र साउण्ड सिष्टम राख्न नदिएको माओवादीका महाकाली ब्यूरो कार्यालयका सचिव अग्नी धामीले बताउनुभयो । उक्त बिरोध सभालाई माओवादीका केन्द्रीय प्रवक्ता खड्ग बिश्वकर्मा र केन्द्रीय सदस्य उमा भुजेलले सम्बोधन गर्ने भनिएको थियो । 
स्थानीय प्रशसनले स्मारकमा कार्यक्रम बिथोलिदिएपछि पार्टीले अपरान्ह ४ वजेपछि महेन्द्रनगर बजारमा नाराबाजी गरेको छ । उनीहरुले स्थानीय मदन चोकमा कोणसभा गरी पार्टीले घोषणा गरेको देशव्यापी कार्यक्रम सम्पन्न गरेको बताएका छन् । स्थानीय प्रशासनले कार्यक्रम बिथोली दिएपछि माओवादीले सुरक्षाको कारण देखाउँदै केन्द्रीय प्रवक्ता बिश्वकर्मालाई प्रदर्शन र कोणसभामा सहभागि गराएको थिएन् । 
बैसाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै विप्लव नेतृत्वको माओवादीले मंगलबार महेन्द्रनगरसँगै बुटवल, बिराटनगर, जनकपुर लगायतका स्थानमा बिरोध सभा गरेको छ ।