ताजा खाबर :

News

image not found

सत्तारुढ काँग्रेस कञ्चनपुरमा सहमति मै उम्मेदवारी टुंग्याउने प्रयासमा

प्रदीप पाल
महेन्द्रनगर, ५ चैत
नेपाली काँग्रेस कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि नौ वटै स्थानीय तहका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सहमति मै टुंग्याउन समयावधि थप गरेको छ । सात नगरपालिका र दुई गाउँपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारका आकांक्षी बढेपछि काँग्रेस कञ्चनपुरले सहमतिमा उम्मेदवार तय गर्न समायावधि थप गरेको हो । 
वडास्तरबाटै उम्मेदवार सहमतिमा टुंग्याउन चैत ७ सम्मका लागि जिल्लामा नाम सिफारिश गर्न क्षेत्रीय समितिहरुलाई सर्कुलर गरिएको काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो । यसअघि काँग्रेसले चैत ५ गते अर्थात आजसम्म उम्मेदवारका आकांक्षीको नाम जिल्लामा सिफारिश गरिसक्न क्षेत्रीय समितिलाई भनेको थियो । उम्मेदवारका आकांक्षी बढी भएका र टिकट नपाएका आकांशीले चुनावमा आप्mनै पार्टीका उम्मेदवार विरुद्ध घात गर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर काँग्रेसले सहमतिमा उम्मेदवारी टुंगो लगाउने प्रयास गरिरहेको बताइएको छ । 
वडाध्यक्षदेखि नगर प्रमुखसम्म सहमतिमा उम्मेदवारी टुंगो लगाउन क्षेत्र नम्बर १ मा सांसद दिवान विष्ट, क्षेत्र नम्बर ३ मा सांसद एनपी सावद, क्षेत्र नम्बर ३ मा सभापति बोहरा र क्षेत्र नम्बर ४ मा सचिव दिवाकर पाण्डेय आकांक्षीहरुसँग छलफल चलाइरहनुभएको छ । कञ्चनपुरमा उम्मेदवारीको आकांक्षा राख्ने धेरै देखिएपछि काँग्रेसलाई टिकट वितरण गर्न हम्मेहम्मे परेको छ ।