ताजा खाबर :

News

image not found

कञ्चनपुरका नौ वटै स्थानीय तहमा काँग्रेसको चुनावी भेला

 
भेलालाई केन्द्रीय सदस्यद्वय सावद र लेखकले सम्बोधन गर्ने
कञ्चनपुर समाचार
महेन्द्रनगर, ८ बैसाख
नेपाली काँग्रेस कञ्चनपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका नौ वटै तहमा चुनावी सभा गर्ने भएको छ । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको काम सकिएपछि काँग्रेसले कञ्चनपुरका सात वटा नगरपालिका र दुई गाउँपालिकामा चुनावी सभा गर्ने भएको हो । 
काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले बैसाख १८ गतेपछि जिल्लाका नौ वटै स्थानीय तहमा चुनावी सभा आयोजना गरिने बताउनुभयो । ती सभाहरुलाई काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी सावद र रमेश लेखक, पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी, सभासदहरु बहादुरसिँह थापा, दिवान बिष्ट, तारणीदत्त चटौत र बलदेव बोहरा तथा जिल्ला नेतृत्वले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो । 
सभापति बोहराले कञ्चनपुरका नौ वटै तहमा काँग्रेसका उम्मेदवारले जित्ने दावी गर्दैै चुनावका लागि जनतासँग भिजेको र पद पाइसकेपछि जनताको भावना अनुरुप कार्य सम्पादन गर्न सक्ने क्षमता भएका उम्मेदवारको खोजी भइरहेको बताउनुभयो । उहाँका अनुसार सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाउन कञ्चनपुरका छ वटै सभासद्सँग जिल्ला नेतृत्वले बैसाख १२ गतेसम्म दैनिक जसो बैठक र छलफल चलाउने छ । 
काँग्रेस कञ्चनपुरले बैसाख १० गतेसम्म वडाका उम्मेदवारको टुंगो लगाएर बैसाख दोस्रो साताभित्रै सात नगरपालिका र दुई गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु तय गर्ने बताइएको छ ।