ताजा खाबर :

News

image not found

दुई चरणमा चुनाव गर्न जिम्मेबार दलहरु बाधक बन्नु हुन्न : साँसद बोहरा

कञ्चनपुर समाचार
महेन्द्रनगर, १० बैसाख
नेपाली काँग्रेसका सभासद् बलदेव बोहराले स्थानीय तहको निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्न राजनीतिक दलहरु बाधक बन्नु नहुनेमा जोड दिनुभएको छ । सामाजिक सञ्जाल फेशबुकमा स्टाटस् अपडेट गर्दै सांसद बोहराले मधेशवादी दलले संविधान संशोधनको प्रकृयाद्वारा सहमतिमा आएर निर्वाचनमा आउने चाहना राखे दुई चरणमा निर्वाचन गर्न कुनैपनि दल बाधक बन्न नहुनेमा जोड दिनुभएको हो । 
मुलुकमा व्याप्त अहिलेको जस्तो अनिश्चिताको बादल हट्छ भने दुई चरणमा निर्वाचन गर्न सबै दल एकमत हुनु पर्ने उहाँको भनाई छ । तर दुई चरणमा निर्वाचन गर्न दलहरुबीच ईमान्दारिताको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै सांसद बोहराले बिगतको जस्तो प्रत्येक पटक नयाँ नयाँ शर्त स्वीकार्य नहुने आशय व्यक्त गर्नुभएको छ । 
मुलुकलाई निर्वाचनका माध्यमबाट निकास चाहिएको जिकिर गर्दै उहाँले निर्वाचन सम्पन्न गर्नु नै दलहरुको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । मुलुकले चाहेको निकास सबै नेपाली जनतालाई चित्त बुझ्दो हुनु पर्नेमा जोड दिँदै साँसद बोहराले दलहरुले मुलुकलाई दिने निकास राष्ट्रिय हितमा निहित हुनु पर्ने जिकिर गर्नुभएको छ । सरकार र आन्दोलनरत मधेसवादी दलहरुबीच शनिबार बैसाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो ।