ताजा खाबर :

News

महेन्द्रनगरमा श्रीमानद्वारा श्रीमतिको हत्या

बैतडीमा गोरुले हान्दा बालिका ठहरै
कञ्चनपुर समाचार
महेन्द्रनगर, १० बैसाख 
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकैको गाउँ भगतपुरमा एक जना युवकले आप्mनै श्रीमतिको हत्या गरेका छन् । भगतपुरका ३५ वर्षिय किशोर चुनाराले शनिबार राति ३० वर्षिया श्रीमति जयश्री चुनाराको हत्या गरेका हुन् । चुनाराले जयश्रीको मुख थुनेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साउदले हत्याको कारण खुल्न नसकेको र घट्ना बारे अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतिको हत्या गरेका चुनारालाई शनिबार राति नै पक्राउ गरिएको छ । प्रहरीले जयश्रीको शव महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम गराएर आफन्तको जिम्मा लगाइसकेको छ । 
उता गोरुले हान्दा बैतडीमा आइतबार एक बालिकाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका ६ का अमर कुँवँरकी नौ बर्षीया छोरी जानकी कुवँरको गोरुले हान्दा आइतबार दिउँसो मृत्यु भएको हो । 
घरनजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाईते भएकी जानकीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । मृतक बालिका स्थानिय केदार प्राबिमा कक्षा ५ मा अध्ययनरत रहेकी थिइन ।