ताजा खाबर :

News

उम्मेदवारी छनौट प्रक्रिया स्थगित

कञ्चनपुर समाचार
महेन्द्रनगर, १३ बैसाख
नेपाली काँग्रेस कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ । वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि कञ्चपुर काँग्रेसले केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरेको हो । 
काँग्रेस सभापति हरिप्रसाद बोहराले बिहीबार राजधानीमा बस्ने पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले गर्ने सर्कुलर अनुसार उम्मेदवार छनौट प्रक्रिया अघि बढाइने बताउनुभयो । कञ्चनपुरका सात नगरपालिका र दुई गाउँपालिकाको प्रमुख र उपप्रुमख पदका दर्जनौं आकाक्षीहरु रहेका छन् । 
त्यस्तै कैलाली काँग्रेसलेपनि उम्मेदवार छनौट प्रक्रिया स्थगित भएको जनाएको छ । काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको पुष्टि गर्दै वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो ।