ताजा खाबर :

News

image not found

'सरकार चुनाव भाँड्न खोज्दैछ'

बिराज रोस्यारा
धनगढी, १३ बैसाख
नेकपा एमालेका उपाध्यक्ष एव सात नम्बर प्रदेशका संयोजक भीम रावलले काँग्रेस–माओवादी गठबन्धनले संविधान संसोधनको बखेडा झिकेर चुनाव भाँड्ने काम गरेको आरोप लगाउनुभएको छ । एमाले सात नम्बर प्रदेशले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेपछि जनतामा भ्रम श्रृजना गर्ने लगायतका काम गरिरहेको आरोप लगाउनुभयो । 
उहाँले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा केन्द्रीत हुनुपर्ने बेला सरकारले संविधान संसोधनको कुरा उठाएकोले एमालेले विरोध गरेको बताउनुभयो । उपाध्यक्ष रावलले कांग्रेस–माओवादी गठबन्धनको सरकार माघ ७ पछि मुलुकलाई अनिश्चयको खाडलमा लैजाने र बाहिरी हस्तक्षेप निम्त्याउने खेलमा लागेको आरोप लगाउनुभयो । 
चुनावको मिति घोषणा पछि निर्वाचन आयोगले निर्वाचन सामाग्री समेत सम्बन्धित स्थानमा पुर्याइसकेको अवस्थामा निर्वाचन हुनु पर्ने जिकिर गर्दै उहाँले काँग्रेस, माओवादी र केहि मधेशवादी दलहरुले संविधान संसोधनको कुरा ल्याएर चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।