ताजा खाबर :

News

image not found

भारी मात्रामा सुपारी बरामद

एसपी चन्द घट्ना बारे बोल्नै मान्दैनन् 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १४ बैसाख
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकै भाँसी क्षेत्रमा प्रहरीले भारी मात्रामा सुपारी लोड गरिएको ट्रक पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भाँसी क्षेत्रबाट सुपारीसहित ट्रक पक्राउ गरेको हो । स्रोतका अनुसार ट्रकबाट प्रहरीले एक सय ८० क्वीन्टल सुपारी बरामद गरेको छ । स्रोतका अनुसार बरामद सुपारीलाई ट्रकसहित कञ्चनपुर जिल्ला भन्सार कार्यालयको जिम्मा लगाएको छ । नम्बर खुल्न नसकेको ट्रक कैलालीको त्रिनगर भन्सार कार्यालयमा भन्सार शुल्क तिरेर नेपाल भित्रिएको बताइएको छ । भन्सार कार्यालयले दिएको प्रज्ञापन पत्रानुसार उक्त सुपारी काठमाडौं लैजानु पर्ने भएपनि महेन्द्रनगर बरामद हुनुलाई शंकास्पद रुपमा हेरिएको छ । सुपारी बरामद बारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले रेडियो कञ्चनपुरसँगको टेलिफोनमा भएको कुराकानीमा सुपारीसहित ट्रक पक्राउ परेको पुष्टि गरेपनि घट्नाको बिस्तृत जानकारी दिन मान्नुभएन् । भन्सार अधिकृत मदन दाहालले बरामद सुपारी बारे मुद्दा दायर भइसकेको जानकारी दिँदै थप अनुसन्धान भइरहेको बताउनुभयो ।