ताजा खाबर :

News

image not found

जिल्ला शिक्षा कार्यालयमा कञ्चनपुरका पाँच विद्यार्थी संगठनको तालाबन्दी

भर्ना शुल्क खारेज गरेर मासिक शुल्क घटाउनु पर्ने माग
कञ्चनपुर समाचार
महेन्द्रनगर, १५  बैसाख
कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । नीजि तथा आवासिय विद्यालयहरुले बृद्धि गरेको शुल्क घटाउनु पर्ने माग राख्दै शुक्रबार पाँच विद्यार्थी संगठनहरुले शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् । 
नीजि तथा आवासिय विद्यालयहरुले विद्यार्थीहरुबाट अनावश्यक रुपमा लिँदै आएको भर्ना शुल्क खारेज गर्नु पर्ने र मासिक शुल्क घटाउनु पर्ने माग गर्दै शिक्षा कार्यालयमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले जानकारी दिनुभयो । 
यसअघि आन्दोलनरत विद्यार्थी संगठनहरुले बिहीबार नीजि तथा आवासिय विद्यालयहरुका छाता संगठनहरु प्याब्सन, एन प्याब्सन र आई प्याब्सनका कार्यालयमा तालाबन्दी गरेको थिए । उनीहरुले मंगलबार सदरमुकाम महेन्द्रनगरका एक दर्जन नीजि विद्यालयहरुको प्रशासन र लेखा शाखामा पनि तालबन्दी गरेका थिए । 
कञ्चनपुरका पाँचै विद्यार्थी संगठनहरुले अनावश्यक रुपमा लिइदै आइएको भर्ना शुल्क खारेज गरेर मासिक शुल्क नघटाएसम्म कडा आन्दोलन गरिने चेतावनी दिएका छन् ।