ताजा खाबर :

News

image not found

महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न सरकारसँग माग

कञ्चनपुर समाचार
महेन्द्रनगर, २० बैसाख
कञ्चनपुरका बिभिन्न राजनीतिक दलहरुले सदरमुकाम महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न सरकारसँग माग गरेका छन् । कञ्चनपुरबाट राजधानी गएको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर सदरमुकाम महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न सरकारसँग माग गरेको हो । बुधबार बिहान मन्त्री रमेश लेखकसहित प्रधानमन्त्री भेट्न गएको सर्वदलीय टोलीले महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको साढे आठ बिगाह जमिनमा आयुर्वेद कलेज स्थापना गर्न माग गरेको टोलीमा सहभागि काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो । 
संस्कृत विश्वविद्यालय आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार देखिएकाले आगामी बजेटमा कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको उहाँले बताउनुभयो । सभापति बोहराका अनुसार कञ्चनपुरका सबै दल, सामाजिक संघ संस्थाहरु विश्वविद्यालयको जमिनमा आयुर्वेद कलेज सञ्चालन गर्न एकमत छन् । 
कञ्चनपुरको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक शिक्षा विकासको महत्वपूर्ण आधार भएको बताउँदै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापनाकालागि पहल गर्ने आश्वासन दिनुभएको छ ।