ताजा खाबर :

News

image not found

कञ्चनपुरमा राजनीतिक दलहरुको चुनावी प्रचार तिव्र

काँग्रेसबाट भीमदत्तमा बोगटी, बेदकोटमा बोहरा र महाकालीमा सुनारको सम्भावना प्रवल
कञ्चनपुर समाचार
महेन्द्रनगर, १७ जेठ
सरकारले दोस्रो चरणको निर्वाचन पटक पटक पछि सार्दै लगेपनि कञ्चनपुरमा राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिँदै गएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले कञ्चनपुरका नगर र ग्रामिण क्षेत्रमा चुनावी प्रचार प्रसार तिव्र बनाउँदै लगेका हुन् । 
एमाले र माओवादीले कञ्चनपुरका नौ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेर चुनावी प्रचार प्रसार गरिरहेका छन् भने काँग्रेस र राप्रपाले उम्मेदवारी टुंगो नलगाएरै घरदैलो तथा चुनावी भेलाहरु गर्दै आएका छन् । राप्रपाले भीमदत्त नगरपालिकामा मेयर पदका लागि गजेन्द्रबहादुर चन्दलाई टिकट दिएपनि अन्य स्थानीय तहमा उम्मेदवारी तय गर्न सकेको छैन् ।
यसैबीच दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको पूरानो नगरपालिका भीमदत्तबाट नेपाली काँग्रेसका तर्फबाट पदम बोगटी मेयर पदमा लड्ने निश्चित प्रायः बनेको छ । यस्तै बेदकोट नगरपालिकाबाट काँग्रेस नेता भोजराज बोहरा र महाकाली नगरपालिकाबाट दलित नेता बीरबहादुर सुनारलाई काँग्रेसले मेयर पदमा टिकट दिने भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार गत सोमबार राजधानीमा बसेको काँग्रेसको बैठकले तीनै जनालाई चुनावी प्रतिष्पर्धामा उत्रार्ने निर्णय गरेको हो । 
यद्यपी काँग्रेस कञ्चनपुरले यसको आधिकारीक पुष्टि गरेको छैन् । बेदकोट नगरपालिकाबाट लड्ने भनिएका काँग्रेस कञ्चनपुरका निवर्तमान सचिव बोहराले पार्टीबाट आफूलाई मेयर पदमा लड्न भनिएपनि लिखित रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिनुभएको छ । यस्तै भीमदत्त नगरपालिकामा चर्चामा रहेका अर्का निवर्तमान सचिव बोगटीले घुमाउरो पारामा पार्टीले आफूलाई टिकट दिने स्वीकार गरेपनि आधिकारीक घोषणा हुन बाँकी रहेको बताउनुभएको छ । 
कांग्रसेभित्र उम्मेदवारका आकांक्षी बढी भएकाले हालसम्म कञ्चनपुरका कुनैपनि स्थानीय तहमा कांग्रेसले उम्मेदवार छनौट गर्न सकेको छैन । काँग्रेसबाट हरेक स्थानीय तहमा प्रमुख पदमा झण्डै एक दर्जनको हाराहारीमा आकांक्षीहरु देखिएका छन् ।