ताजा खाबर :

News

image not found

महेन्द्रनगरको स्टार प्रालिका म्यानेजर यौन दुव्र्यवहारको आरोपमा पक्राउ

छात्रालाई कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको म्यानेजरीको दाबी
कञ्चनपुर समाचार
महेन्द्रनगर, २५ जेठ 
कञ्चनपुरको महेन्द्रनगरस्थित स्टार प्रालिका म्यानेजर राज धामी यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । स्टार प्रालिमा ब्रिज कोर्ष गरिरहेकी एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले म्यानेजर धामीलाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले धामीलाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरेको पुष्टि गर्दै घट्नाको अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । जेठ २० गते कैलालीको टीकापुरबाट पिकनिक खाएर महेन्द्रनगर फर्किने क्रममा ती छात्रालाई धामीले यौन दुव्र्यवहार गरेको छात्राका आफन्तले आरोप लगाएका छन् । 
बसमा यात्रा गर्दा पटक–पटक वान्ता आएर समस्या उत्पन्न भएपछि ती छात्रा म्यानेजर धामीको मोटरसाईकलमा महेन्द्रनगर फर्किने क्रममा यौन दुव्र्यवहारमा परेको बताइएको छ । टीकापुरबाट घोडाघोडी ताल क्षेत्र भन्दा पश्चिम पुगेपछि अध्यारोको मौका छोपेर धामीले आप्mना सम्वेदनशील अंगमा छोएर यौन दुव्र्यवहार गरेको छात्राले बताएकी छन् । 
उता यौन दुब्र्यवहारको आरोप लागेका धामीले भने छात्रालाई कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको दाबी गरेका छन् । छात्रालाई बसमा वान्ता आउन थालेपछि विद्यार्थी र शिक्षकहरुको आग्रहमा मोटरसाईकलमा बसालेर महेन्द्रनगर ल्याएको र  मदनचोकबाट उनका दाईलाई बुझाएर आफु कोठामा गएको धामीको भनाई छ । 
यसैबीच घट्नाबारे थाहा पाएपछि घरपरिवार र आफन्तजनले बिहीबार स्टार प्रालि घेराउ गरेका छन् । विद्यार्थी संगठनका नेताहरुको सहयोगमा ब्रिज कोर्ष र ट्युसन अध्ययन गरिरहेका विद्यार्थी र छात्राका आफन्तले स्टार प्रालिमा तालाबन्दी गरिदिएका छन् । नेविसंघका नेता प्रकाश थापा, अखिल क्रान्तिकारीका नेता तिलक मालको उपस्थितिमा धामीमाथि कारवाहीको माग गर्दै उनीहरुले प्रलिमा तालाबन्दी गरेका हुन् । पीडित छात्राले न्याय नपाउन्जेलसम्म स्टार प्रालिमा लगाइएको तालाबन्दी नखुल्ने पीडित पक्षले बताएको छ । बिहीबार बिहान १० बजेतिर स्टार प्रालिमा तालाबन्दी भएपछि दिउँसो सञ्चालन हुने ब्रिज र ट्युसन कक्षाहरु बन्द भएका छन् ।