ताजा खाबर :

News

image not found

स्वार्थ पूर्ति नहुने देखिएपछि खराब नियत भएकाहरुले चरित्र हत्या गरे : एसपी चन्द

कञ्चनपुर समाचार
महेन्द्रनगर, २८ जेठ
कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले आफुलाई फसाउन सुनियोजित ढंगले षड्यन्त्र बुनिएको बताउनुभएको छ । महेन्द्रनगरबाट प्रकाशित हुने एक दैनिकमा आज प्रकाशित समाचार प्रति आपत्ति जनाउँदै उहाँले षड्यन्त्रपूर्वक आफूमाथि विना आधार आरोप लगाइएको बताउनुभएको हो । 
जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चन्दले स्वार्थ पुर्ति नभएपछि खराब नियत भएकाहरुले आप्mनो चरित्र हत्या गरेको दाबी गर्नुभयो । ‘स्वार्थ पूर्ति नहुने देखिएपछि खराब नियत भएकाहरुले मेरो चरित्र हत्या गरे ।’ उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा मलिन अनुहारमा देखिएका प्रहरी उपरीक्षक चन्दले समाचारकै कारण आप्mनो जागिर गएपनि कुनै नेताको घर नचाहर्ने स्पष्ट पार्नुभयो । उहाँले चरित्र हत्या गर्ने पत्रकार र पत्रिकालाई कारवाही गर्ने निकाय भएपनि आफू अदालत, प्रेस काउन्सिल कतैपनि नजाने बताउनुभयो ।  
शनिबार राति पक्राउ परेका होटल व्यवसाय गर्दै आएका दुई युवती र एक युवकलाई राति ११ वजे रिहा नगरेको बद्ला लिन आफूमाथि अपहरण जस्तो गम्भीर आरोप लगाइएको उहाँको भनाई थियो । ‘एक जनाले राति ११ वजे फोन गरेर मलाई पक्राउ परेका तीनै जनालाई तत्काल छाडिदिन भने ।’ उहाँले भन्नुभयो, ‘घट्ना बारे मैले बुझेकै थिएन्, बुझेर छाड्न मिल्ने भए खबर गर्नु भनेर फोन राखे । त्यसपछि राति २ वजेसम्म मलाई ७०–८० पटक फोन गर्यो तर मैले उठाएन् ।’ फोन गर्ने व्यक्तिका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा चन्दले नाम र मोवाईल नम्बर सार्वजनिक गर्न मान्नु भएन् । 
प्रहरीले महेन्द्रनगरको कभर्ड हल नजिकै गएराति साढे ९ वजे बसपार्कस्थित स्टाफ होटलका सञ्चालकद्वय कञ्चन नाथ र पूजा नाथ तथा उनीहरुसँगै रहेका अभिलेख खड्कालाई पक्राउ गरेको थियो । युवा युवती पक्राउ परेको विषयलाई लिएर महेन्द्रनगरबाट प्रकाशित हुने दैनिक मानसखण्ड नामक पत्रिकाले उपरीक्षक चन्दले दुई युवती अपहरण गरेको आशययुक्त समाचार प्रकाशित गरेको थियो । 
पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले मदिरा सेवन गरेर होहल्ला गर्दै हिँडेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको घट्नालाई तोडमरोड गरेर अपहरण भन्न मिल्छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । 
पक्राउ परेका दुवै युवतीहरुले आफुहरुलाई अपहरण नगरेको र होटल बन्द गरेर घर जाँदै गर्दा पक्राउ गरिएको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुले प्रहरी उपरीक्षक चन्दसँग यसअघि कहिल्यै भेटघाट र कुराकानीसम्म पनि नभएको बताएका छन् । तर समाचारमा चन्दले ती युवतीहरुलाई पटक पटक जिल्ला प्रहरी कार्यालय बोलाउने, खाजा खान अफर गर्ने गरेको दाबी गरिएको थियो । मेडिकल जाँचमा पक्राउ परेका तीनै जनाले मदिरा सेवन गरेको पुष्टि भएको बताइएको छ ।