ताजा खाबर :

News

image not found

रोजगारका लागि विदेशिनु पर्ने बाध्यतालाई हदैसम्म न्यून गर्छु : काँग्रेस उम्मेदवार बोगटी

कञ्चनपुर समाचार
महेन्द्रनगर, ३१ जेठ
कञ्चनपुरको पूरानो नगरपालिका भीमदत्तका लागि नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पदम बोगटीले चुनाव जिते नगरपालिकाका सम्पूर्ण सडकहरु कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 
भीमदत्त नगरपालिका ८ तिलाचौरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बोगटीले काँग्रेसले चुनाव जिते आगामी पाँच वर्षभित्रमा नगरपालिकाका सडकहरु कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो । भीमदत्त नगरपालिकामा काँग्रेसले चुनाव जिते आगामी पाँच वर्षमा नगरपालिका क्षेत्रमा ग्राभेल सडक कहिँकतै देख्न नपाईने उहाँको भनाई थियो । 
नेता बोगटीले दिन प्रतिदिन विदेशी रहेको युवा जनशक्ति स्वदेशमै परिचालन गर्न युवा स्वरोजगारका कार्यक्रम ल्याउने बताउनुभयो । बेरोजगार युवाहरुलाई स्वरोजगारतर्फ आकर्षण गराएर रोजगारका लागि विदेशिनु पर्ने बाध्यतालाई हदैसम्म न्यून गर्ने योजना ल्याइने उहाँले दाबी गर्नुभयो । आफुले चुनाव जिते नगरपालिका क्षेत्रमा एक ठाउँ–एक उत्पादनलाई जोड दिने भन्दै बोगटीले हाल भारतबाट दाल–तरकारी आयात गर्नुपर्ने बाध्यतालाई हटाउने बताउनुभयो । 
उहाँले नगरपालिकाको घाडीघाँच क्षेत्रमा व्याप्त स्वच्छ खानेपानीको समस्या स्मरण गर्दै चुनाव जितेपछि उक्त क्षेत्रका घरघरमा खानेपानीका धारा जडान गर्ने बताउनुभयो । चुनावी सभामा उम्मेदवार बोगटी प्रजातान्त्रिक आदर्श समाज निर्माण र विकासको बाटो खोल्न काँग्रेसको विकल्प नभएको जिकिर गर्नुभयो । काँग्रेसले जिते समाजको जित हुने र काँग्रेस हारे समाज हार्ने उहाँको भनाई थियो ।