ताजा खाबर :

News

image not found

दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनु पर्छ : नेता रावल

विराज रोस्यारा
धनगढी, ३१ धनगढी
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनु पर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका एमाले नेता कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले सबिधान कार्यान्वयनका लागि निर्वाचन आबश्यक रहेकाले निर्धारीत समयमै चुनाव हुनुपर्ने बताउनुभयो । 
उहाँले केहि राजनीतिक दलहरुले आफ्नो निहित स्वार्थका लागि निर्वाचन हुन नदिने र देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालले चुनाव रोकेर जनताका हक अधिकार कुण्ठित पार्ने, स्वाभिमान धरापमा पार्ने काम गरिरहेको बताउदै रावलले सरकार छान्न मधेसवादी दलहरुले ससदमा मतदान गर्ने र संसदको भत्ता खाने काम गर्ने भएपनि जनताको हकहित हुने कुरामा आन्दोलन गर्ने गरेको आरोप लगाउनुभयो । 
टीकापुर घटनामा सम्पत्ति जलेका र हत्या भएका परिवारलाई यथासिघ्र क्षतिपूर्ति दिन सरकारसँग आगह गर्दै नेता रावलले जेलमा परेका निर्दोषहरु छुट्नु पर्ने र दोषीलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने बताउनुभयो ।