ताजा खाबर :

News

image not found

एमआरआरको रक्तदान कार्यक्रम सम्पन्न

कञ्चनपुर समाचार
महेन्द्रनगर, ३१ जेठ
सामाजिक सञ्जाल फेशबुक प्रयोगकर्ता युवाहरुको समुह मेन्स रुम रिलोडेड एमआरआरले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रक्तदान गरेको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर एमआरआरले बुधबार महेन्द्रनगरमा रक्तदान गरेको हो । 
फेशबुकमा गरिएको अपिलबाट स्वतःस्फुर्त रुपमा सामाजिक कार्यमा संलग्न २० जना यूवाले रक्तदान गरेको एमआरआर ग्रुपका जिल्ला प्रतिनिधी जिपी बडूले जानकारी दिनुभयो । एमआरआर ग्रुपको आयोजनामा अपि सैपाल कलेजमा सम्पन्न रक्तदानको उद्घाटन नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष केशव सावदले रगत दान गरेर गर्नुभएको थियो । 
एमआरआर ग्रुपलाई रक्तदान कार्यक्रमको आयोजना गर्न कुटुम्ब ब्वाइज होस्टेल, बुद्ध क्लासेस र अपी सैपाल कलेजले संयुक्त रुपमा सघाएको बडूले बताउनुभयो । उहाँले रक्तदान गर्ने युवाहरु थुप्रै भएपनि रेडक्रस सोसाईटीले भण्डारणमा असहजता आउने बताएका कारण २० जनाले मात्रै रक्तदान गरेको बताउनुभयो ।