ताजा खाबर :

News

image not found

काँग्रेसबाट टिकट नपाएका आकांक्षीहरुको राजीनतिक चरित्र !

‘चित्त फराकिलो बनाएर पार्टीका लागि योगदान गरौं’ 

 
केशव सावद
महेन्द्रनगर, १ असार
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरको दाबी गरेकी गीता बस्नेतले आफुले टिकट नपाए पनि सबै टिकट नपाएका उम्मेद्वारहरुलाई सान्त्वना दिएकी छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले टिकट नपाएका कांग्रेसका उम्मेद्वारका आकांक्षीहरुलाई चित्त फराकिलो बनाएर पार्टीका लागि योगदान दिन आग्रह गरेकी हुन् । 
नेतृ बस्नेतले पार्टीभित्र रहेको गुट र नेताको घेराभन्दा माथि उठेर पार्टीका लागि क्रियाशील रहन आग्रह गरेकी छन् । ‘हामी कुनै गुटका होइनौ, हाम्रो गुट हो त केबल नेपाली काँग्रेस । नेपाली काँग्रेसलाई बिजय गराउनु नै हाम्रो लक्ष्या हो ।’ उनले भनेकी छन्, ‘साथीहरुलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो, आदरणीय नेताहरुमा पनि पार्टीलाई गुटमा नलैजान अनुरोध गर्दछु ।’ नेतृ बस्नेतले पार्टीले आफूलाई टिकट नदिएको कुनै रिस–राग नभएकोपनि स्पष्ट पारेकी छन् । 
‘ठूलो पार्टीमा सबैको चित्त बुझाउन गाह्रो हुदो रहेछ । मपनि उपमेयरको टिकट पाउने प्रबल सम्भावित उमेदवार थिए । मेरो पोल्टामा टिकट पर्न सकेन मलाइ यसमा कुनै रिस र दुःख छैन म साथीहरुको साथ मा छु । उनले स्टाटस्मा लेखेकी छन् । बस्नेतले पार्टीले टिकट दिएका उम्मेदवारहरुलाई आप्mनो स्थानबाट पूर्ण रुपले सहयोग गर्ने बाचा गरेकी छन् । पार्टीबाट मेयर, उपमेयर पदमा टिकट नपाएका अरु आकांक्षीहरुलाई एक भएर अगाडि बढ्न र मन बिचलित नबनाई धैर्यता लिन उनले आग्रह गरेकी छन् । 
यस्तै कञ्चनपुरको पुरानो नगरपालिका भीमदत्तमा काँग्रेसका तर्फबाट मेयर पदमा दावी गरेकी नेपाल महिला संघकी अध्यक्ष मधु भारतीमा पार्टीले टिकट नदिएपनि कुनै हतास देखिएको छैन् । पार्टीले उम्मेदवारी घोषणा गरेको भोली पल्ट उनी मेयर र उपमेयरका उम्मेदवारले सुरु गरेको औपचारिक चुनावी प्रचारमा सक्रिय देखिइन् । मेयर पदका उम्मेदवार पदम बोगटी र उपमेयरका उम्मेदवार सुशिला चन्द सिँहसँगै उनले खल्ला–मुसेट्टी क्षेत्रमा घरदैलो गरेकी थिईन् । 
घरदैलो भ्याएपछि नेतृ भारतीले फेशबुकमा मेयरमा बोगटी र उपमेयरमा चन्दलाई विजयी गराउन मतदातालाई आग्रह गर्दै प्राचिन सिद्धनाथ मन्दिर दर्शन गरेको फोटो अपलोड गरेकी छन् । मेयर पदका उम्मेदवार बोगटीले ब्रम्हदेवको सिद्धनाथ र खल्ला क्षेत्रको प्राचिन सिद्धनाथ मन्दिरमा दर्शन गरेर औपचारिक रुपले चुनावी प्रचार सुरु गरेको थिए ।
यस्तै जिल्लाको पूर्वी नगरपालिका कृष्णपुरमा काँग्रेसका तर्फबाट मेयर पदका आकांक्षी लेखराज जोशीले टिकट नपाएपनि अव आप्mनो नजर मत पत्रको चुनाव चिन्ह रुखमा रहेको बताएका छन् । उनले फेशबुकमा लेखेका छन्, ‘ हाम्रो नजर मतपत्रको चुनाव चिन्ह रूखमा छ । किनकी समाजको भविष्यको संकेत चिन्ह हो त्यो ।’ उनले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दावी गर्दा शुभेच्छा राख्ने सबैलाई धन्यवाद दिएका छन् ।