ताजा खाबर :

News

image not found

पत्रकार भण्डारी र भट्ट हिरासत मुक्त

 
२८ घण्टाको हिरासत पछि प्रहरीले नै भन्यो प्रमाण पुगेन्
 
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ असार 
समाचार लेखेको भरमा पक्राउ परेका पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टा पछि रिहा भएका छन् । केही सार्वजनीक अपराधमा मुद्दा चलाउन भन्दै शनिबार गिरफ्तार  गरिएका पत्रकार द्वयलाई आइतबार ५ः०० बजे जिल्ला प्रहरी कार्यालयबाटै हिरासत मुक्त गरिएको छ ।
उनिहरुलाई परेको उजुरीका आधारमा हिरासतमा लिएर अनुसन्धान थालेको प्रहरीले कुनै प्रमाण फेला नपरेको भन्दै रिहा गरेको नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक प्रकाश शाहले बताए । पत्रकार द्वय पक्राउ परे लगत्तै महासंघको क्षेत्रीय समन्वय समिति, पत्रकार महासंघ कञ्चनपुर लगायतका सञ्चारकर्मीहरुले विनाआधार पत्रकार पक्राउ गरेको भन्दै आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।
उनिहरुको रिहाईमा प्रहरीले दिएको ‘आवश्यक प्रमाण’ नपुगेको भन्ने प्रतिक्रियाले पत्रकारद्वयको गिरफ्तारी प्रतिशोध पूर्ण रहेको प्रमाणित भएको छ । साँझ ५ बजे रिहा गर्दा प्रमाण नपुगेको भनेको प्रहरीले विहान ११ बजे जिल्ला प्रशासन कार्यालयबाट ३ दिनको म्याद थप गरेर हिरासतमा राखेको थियो । गैरन्यायिक र क्षेत्राधिकार भन्दा बाहीर गएर एसपि प्रकाश चन्दले मुद्दा चलाएको बिरोधमा जिल्लादेखि केन्द्रसम्मका पत्रकारहरुको दवावपछि बेलुका उनिहरुलाई छोडिएको हो ।
दिउँसो नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीले उच्च अदालत दिपायल, महेन्द्रनगरमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका छन् । अध्यक्ष विष्णु अवस्थीका तर्फबाट अधिवक्ता यज्ञराज जोशीले रिट दायर गरेका हुन्  । अदालतमा सोमबार बन्दी प्रत्यक्षिकरणमा सुनुवाईको कार्यक्रम छ । त्यसै गरी एसपि प्रकाश चन्दका बिरुद्ध अर्को मुद्दा पनि आइतबारनै दर्ता भएको छ । एसपि चन्दको काम क्षेत्राधिकार भन्दा बाहिर रहेको, कानुनसम्मत नभएको र स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारीका तर्फबाट अधिवक्ता विनोद भट्टले रिट दायर गरेका छन् ।
‘एसपि सावको काम कारवाही क्षेत्राधिकार बाहिर देखिएको र कानुन सम्मत पनि नभएकोले यसले सम्पूर्ण प्रेस जगतलाईनै धरासायि पार्ने नियत देखिन्छ ।’ अधिवक्ता भट्टले भने ‘प्रेस स्वतन्त्रताको रक्षाकालागि प्रहरीको कामका विरुद्ध उत्प्रेषणको आदेश आवश्यक देखिएकोले रिट दायर भएको हो ।’ जसरी पत्रकारद्वय भण्डारी र भट्टलाई क्षेत्राधिकार बाहिर गएर पक्राउ गरिएको छ । त्यसरी नै पत्रकार पक्राउ पर्दै जाने हो भने पत्रकारले समाचार नलेखे हुने अवस्था सृजना हुने अवस्था देखिएकाले रिट दायर गर्नु परेको पत्रकार महासंघका निवर्तमान अध्यक्ष तिवारीले भने । 
मानसखण्ड दैनिकले महेन्द्रनगर बस पार्कमा होटल सञ्चालन गरिरहेका दुई युवतीलाई पक्राउ गरेको विषयमा समाचार लेखेको भरमा सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई गिरफ्तार गरेको थियो । पक्राउ परेका युवतीकै पक्षमा समाचार प्रकाशित गरेपछि उनिहरुका बाबुलाई प्रयोग गरी केही सार्वजनीक अपराध अन्र्तगत मुद्दा दायर गरेका थिए । समाचार सामाग्रीको विषय प्रहरीको क्षेत्राधिकार भित्र पर्दैन् ।