ताजा खाबर :

News

image not found

उम्मेद्वारी मनोनयन शान्तिपूर्ण

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ असार
स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेद्वारको मनोनयन पत्र दर्ता सम्पन्न भएको छ । 
२ गाउँपालिका र ७ वटै नगरपालिकामा शान्तिपूर्ण रुपमा उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । कञ्चनपुरका ९ वटै तहमा दलहरुले बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । 
कञ्चनपुरको पुरानो नगरपालिकाका भीमदत्त नगरपालिकामा मनोनयन दर्ता गर्न दलहरु मध्यान्ह १२ बजेपछि मात्रै पुगेका थिए । भीमदत्त नगरपालिकामा सबै भन्दा पहिले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार भानुभक्त पार्की र उपमेयरका उम्मेद्वार दिपा सुनार मनोनयन दर्ता गर्न पुग्नुभएको थियो । भीमदत्त नगरपालिकामा नेकपा एमालेका सुरेन्द्र विष्टले मेयर र माया पन्तले उपमेयरमा उम्मेद्वारी दिनुभएको छ । 
नेपाली काँग्रेसका पद्म बोगटीले मेयरमा र सुशिला चन्द सिंहले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेकपा माओवादी केन्द्रका गोपाल रसाईलीले मेयरमा र नारु सिंहले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । राप्रपाका गजेन्द्र बहादुर चन्दले मेयर तथा खन्जरादेवी कुँवरले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । 
यस्तै भीमदत्त नगरपालिकामा नेकपा मालेका धौलीदेवी मल्लले मेयर र गोवर्धन श्रेष्ठले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालका माया नेगीले मेयरमा उम्मेद्वारी दिनुभएको छ । राष्ट्रिय जनमोर्चाका मन्जु दमाईले मेयर र नरेन्द्र प्रसाद जोशीले उपमेयरमा उम्मेद्वारी दिनुभएको छ । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका मन्सा डगौराले मेयरमा उम्मेद्वारी दिनु्भएको छ । 
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुनिता कुमारी डगौराले भने उपमेयरमा मात्रै उम्मेद्वारी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका तुलसी देवी धामीले उपमेयरमा उम्मेद्वारी दिनुभएको छ । कञ्चनपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले शान्तिपूर्ण रुपमा सबै तहमा उम्मेद्वारी दर्ता भएको बताउनुभयो । उहाँले दलहरु मनोनयन दर्तामा ढिला आएपनि मनोनयन दर्ता शान्तिपूर्वक भएको बताउनुभयो । सबै कम्प्युटरमा डाटा इन्ट्री सकेपछि मात्रै विस्तृत विवरण आउने उहाँले बताउनुभयो । कञ्चनपुरका अन्य ८ वटा तहमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरुको नामावली । 
 
नेपाली काँग्रेसका उम्मेद्वारहरुको नामावली
 
महाकाली नगरपालिका मेयरः वीरवहादुर सुनार, उपमेयर : गंगादेवी जोशी
वेदकोट नगरपालिका मेयर :  भोजराज बोहोरा, उपमेयर : तुलसी जोशी भट्ट
शुक्लाफाँटा नगरपालिका मेयर : दिलवहादुर ऐर, उपमेयर :  धर्मा ऐर विष्ट
कृष्णपुर नगरपालिका मेयर ः हेमराज ओझा, उपमेयर ः भुवनेश्वरी जोशी
पुनर्वास नगरपालिका मेयर ः तोया प्रसाद शर्मा, उपमेयर ः भुलिया राना
बेलौरी नगरपालिका मेयर ः हरेन्द्र सिंह विष्ट, उपमेयर ः खिना भण्डारी
वेल्डाडी गाउँपालिका अध्यक्ष ः चन्द्र वहादुर सिंह, उपाध्यक्ष ः कृष्णा गिरी
लालझाडी गाउँपालिका अध्यक्ष ः धर्मसिंह वडायक, उपाध्यक्ष ः राधा राना
 
नेकपा एमालेका उम्मेद्वारहरुको नामावली
 
महाकाली नगरपालिका मेयरः किशोर लिम्बु, उपमेयर ः चिनी गिरी
वेदकोट नगरपालिका मेयर ः अशोक चन्द, उपमेयर सुशिला सिंह
शुक्लाफाँटा नगरपालिका मेयर ः रणबहादुर महरा, उपमेयर ः तुलसी हमाल
कृष्णपुर नगरपालिका मेयर ः कर्ण बहादुर हमाल, उपमेयर ः रमिता राना वडायक
पुनर्वास नगरपालिका मेयर ः जिवनराज थापा, उपमेयर ः शारदा विष्ट
बेलौरी नगरपालिका मेयर ः पल्लव राज भट्ट, उपमेयर ः चित्रा चौधरी
वेल्डाडी गाउँपालिका अध्यक्ष ः धनवहादुर थापा, उपाध्यक्ष ः कमला कार्की
लालझाडी गाउँपालिका अध्यक्ष ः निर्मल राना, उपाध्यक्ष ः सुनिता चौधरी
 
नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुको नामावली
 
महाकाली नगरपालिका मेयरः इन्द्र राउत, उपमेयर ः धनसरी नाथ
वेदकोट नगरपालिका मेयर ः मिनराज गिरी, उपमेयर सुमित्रा शाही
शुक्लाफाँटा नगरपालिका मेयर ः लोकेन्द्र ऐर, उपमेयर ः कमला ऐरी
कृष्णपुर नगरपालिका मेयर ः जोगराज चौधरी, उपमेयर ः सर्मिला थापा
पुनर्वास नगरपालिका मेयर ः विरवहादुर थापा, उपमेयर ः सीता विक
बेलौरी नगरपालिका मेयर ः पोतीलाल चौधरी, उपमेयर ः राधादेवी कँडेल
वेल्डाडी गाउँपालिका अध्यक्ष ः नन्दकिशोर एसके , उपाध्यक्ष ः कल्पना गिरी
लालझाडी गाउँपालिका अध्यक्ष ः मदन वडायक, उपाध्यक्ष ः सत्यादेवी महरा
 
राप्रपाका उम्मेद्वारहरुको नामावली
 
महाकाली नगरपालिका मेयरः नन्दा देवी खत्री, उपमेयर ः धनसरी नाथ
वेदकोट नगरपालिका मेयर ः मिनराज गिरी, उपमेयर नर वहादुर पाण्डेय
शुक्लाफाँटा नगरपालिका मेयर ः कलावती ऐर, उपमेयर ः जीतसिंह भण्डारी
कृष्णपुर नगरपालिका मेयर ः सुरेन्द्र वम, उपमेयर ः उषा थापामगर
पुनर्वास नगरपालिका मेयर ः कृष्ण तामाङ्ग, उपमेयर ः लक्ष्मी चन्द
बेलौरी नगरपालिका मेयर ः आत्माराम दाहाल, उपमेयर ःरामकली राना
वेल्डाडी गाउँपालिका अध्यक्ष ः महेश सिंह घटाल , उपाध्यक्ष ः भागरथी चन्द
लालझाडी गाउँपालिका अध्यक्ष ः पुष्पलाल जोशी, उपाध्यक्ष ः टिकेश्वरी देवी ऐर विष्ट