ताजा खाबर :

News

कञ्चनपुरको शुक्लाफाँटामा काँग्रेसका 'बागी' उम्मेदवार

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ५ असार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसका एक कार्यकर्ताले मेयर पदमा 'बागी' उम्मेदवारी दर्ता गरेका छन् । झलारी क्षेत्रमा चर्चित काँग्रेसका क्रियाशिल सदस्य लालबहादुर सिँहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीले गरेको अन्यायका विरुद्ध आफुले उम्मेदवारी दर्ता गरेको सिहंको भनाई छ । 
आफूले विगत २५ वर्षदेखि राजनीतिका साथै समाज सेवा गरेको वताउदै उनले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । सिहंले आफ्नो उम्मेदवारी कसैको विरुद्ध नभएर पार्टीको हैकमवाद विरुद्ध भएकोले शुक्लाफाँटाका जनताले मतदान गरि जिताउने विश्वास व्यक्त गरे । ‘२०४८ सालदेखि काँग्रेसमा क्रियाशिल छु । कार्यकर्ताले पार्टीमा दिएको योगदानको मूल्याकन नगरेर ममाथि अन्याय गरेकाले उम्मेदवारी दिएको हुँ । उनले भने । 
२०४९ साालको स्थानीय चुनावमा काँग्रेसका तर्फवाट साविकको झलारी गाविस वडा नम्बर ५ को अध्यक्षमा विजय भएका थिए । सिहंको उम्मेदवारीसंगै शुक्लाफाँटामा काँग्रेस कार्यकर्ताको उत्साह मत्थर भएको एक जना नेपाली काग्रेसका सक्रिय सदस्यले वताएका छन् । काँग्रेस नेता सिँहको उम्मेदवारी मनोनयनले विपक्षी पार्टीका उम्मेदवार र कार्यकर्ता हौसिएका छन् भने काँग्रेस कार्यक्रतामा निरासा छाएको छ । 
कृष्णपुरमापनि काँग्रेसकै बागी 
कृष्णपुर नगरपालिका ९ को वडा अध्यक्ष पदका लागि काँग्रेस नेता चन्द्रबहादुर साउदलेपनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले योगदान र आम मतदाताको आकांक्षामाथि कुठाराघात गरेको भन्दै साउदले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 'मन्त्री, सांसद, पार्टी सभापति, प्रदेशमा लड्ने मेरो योग्यता छैन, मेयरमा दाबी गरेको पनि थिएन', साउँदले भने, 'बिगतमा सफल रुपमा जिम्मेवारी निभाउँदा पार्टीले वार्ड अध्यक्षमा पत्याएन ।' ४० वर्ष लगातार आफुले पार्टीको झोला बोक्दा पनि गाउँमा बसेको ५ वर्ष नभएको व्यक्तिलाई जनविरोध हुँदाहुँदै केन्द्रीय नेतृत्वको दबाबमा टिकट दिएको साउँदले दाबी गरे ।'२०५४ मा सम्पन्न निर्वाचनमा साउद साविक रैकवार विचवा ७ बाट काँग्रेसको वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
काँग्रेसका बागी उम्मेदवार साउदले पार्टीको वडा सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनका प्रस्तावक मोहनराज जोशीले जानकारी दिए । उनले भने, ‘बिगत ४० बर्ष देखी सोहि स्थानको बासिन्दा रहेकाले सबै समुदायसँग साउदको निकट समबन्ध रहेको छ, अन्य पार्टीमा आस्था राख्ने ब्यक्तीले मतदान गर्ने भएकाले साउदको जित सुनिश्चित छ ' जोशीले दावी गरे । दर्जनौं युवाहरुको नेतृत्व गरेर साउदको उम्मेदवारी दर्ता गर्न गुलरिया पुगेको जोशीले पार्टीमा हावी भएको गलत प्रवृतिका विरुद्ध आफुहरु उभिएको प्रतिक्रिया दिए ।