ताजा खाबर :

News

image not found

निर्वाचनमा उम्मेदवारको मुख हेरेर नभई रुख हेरेर भोट हाल्नुस् : काँग्रेस नेता लेखक

 
कञ्चनपुर समाचार
दोधारा, ७ असार
नेपाली काँग्रेसका नेता रमेश लेखकले आम मतदातालाई असार १४ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारको मुख हेरेर नभई रुख हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ । कञ्चनपुरको महाकाली नगरपालिका १० फकिरे चौराहमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले मुलुकको समृद्धिका लागि उम्मेदवारको मुख हेरेर नभई रुख हेरेर मतदान गर्न आग्रह गर्नुभएको हो । 
काँग्रेसले चुनाव जिते देश र जनताले जित्ने र काँग्रेसले चुनाव हारे देश र जनताको हार हुने उहाँको भनाई थियो । ७० वर्ष लामो ईतिहास बोकेको काँग्रेसले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै नेता लेखकले देश विकासको नेतृत्व गर्न चाहेकाले काँग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । उहाँले काँग्रेसका उम्मेदवारले चुनाव जिते आगामी पाँच वर्षमा कञ्चनपुरलाई देशकै सवैभन्दा ठूलो अन्तराष्ट्रिय व्यापार नाका बनाइने बताउनुभयो । त्यसका लागि आधार तयार भइरहेको भन्दै उहाँले महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि एक अरब रुपैयाँ विनियोजन भइसकेको जानकारी दिनुभयो । 
नेता लेखकले पुल निर्माणका लागि आगामी साउन महिनाभित्रै ठेकेदार कम्पनीको टुंगो लाग्ने र दशै–तिहार आसपास शिलन्याश भएर तीन वर्षभित्रै पूल निर्माणको काम पूरा हुने दावी गर्नुभयो । महाकाली नदीमा पक्की पुल र महाकाली नगरपालिकाको कुतियाकभरमा सुख्खा बन्दरगाह बनेपछि सुदूरपश्चिमको कायापलट हुने उहाँको भनाई थियो ।