ताजा खाबर :

News

image not found

सफेद झुठ बोल्नु बाहेक एमालेसँग अरु कुनै काम छैन् : काँग्रेस नेता लेखक

 
- केशव सावद
महेन्द्रनगर, ८ असार 
नेपाली काँग्रेसका नेता रमेश लेखकले नेकपा एमालेको सफेद झुठ बोल्नु बाहेक अरु कुनै काम नभएको टिप्पणी गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरी चौराहमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले सफेद झुठ बोलेर एमालेले जनतालाई झुक्याई रहेको बताएका हुन् । 
केही दिन अघि दोधारा–चाँदनीमा स्कुले विद्यार्थीलाई उपस्थित गराएर आयोजना गरेको चुनावी सभामा एमाले उपाध्यक्ष भीम रावलले महाकाली नदीको पुल एमालेले निर्माण गरेको भनेर सफेद झुठ बोलेको भन्दै उनले आपत्ति जनाए । ‘भीम रावलले दोधारामा स्कुले विद्यार्थी जमा गरेर महाकालीको पुल आफुले बनाएको भन्नु भएछ ।’ उनले भने, ‘काठमाण्डौं फर्किएपछि उहाँसँग तपाई कहिले सडक र पुल बनाउने मन्त्री हुनुभयो ? स्मरण गराई दिनुस् त भन्छु ।’  
नेता लेखकले आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा पुल निर्माणका लागि एक करोड रुपैयाँ विनियोजनसँगै पूल निर्माणको प्रक्रिया अघि बढेकोे स्पष्ट पारे । उनले साउन महिनाभित्रै पुल निर्माणका लागि ठेकेदार कम्पनी तय हुने र आगामी कार्तिक महिनाभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाबाट शिलन्याश गरिने बताए । ‘तीन वर्षभित्रै पुल निर्माण सम्पन्न होस भनेर रातो कितावमा एक करोड विनियोजन भएको छ ।’ लेखकले भने । 
नेता लेखकले आशन्न निर्वाचनमा काँग्रेसलाई जिताए आगामी पाँच वर्षमा भीमदत्त नगरपालिकालाई बिरगञ्ज महानगरपालिकाको दर्जामा ल्याउने बाचासमेत गरे । ‘भीमदत्त नगरपालिकामा काँग्रेसलाई जिताउनुस् पाँच वर्षभित्र यसलाई बिरगञ्ज महानगरपालिकाको दर्जामा ल्याउने मेरो बाचा भयो ।’ उनले भने । काँग्रेसले जनतालाई सम्पनता र समृद्धि दिन चाहेको भन्दै उनले आशन्न निर्वाचनमा काँग्रेसलाई अत्याधिक मतले विजय गराउनका लागि नेता–कार्यकर्ताहरुलाई अहिलेसम्म भए गरेका विकासका कामका बारेमा मतदातालाई बुझाउन निर्देशन दिए । 
नेता लेखकले एक छाक मासु भात खाने नभएर जीन्दगी भरी मासु भात खान पुग्ने गरी आर्थिक समृद्धि गर्ने काँग्रेसको लक्ष्य रहेको जिकिर गरे । उनले भने, ‘काँग्रेसले मुलुकमा आर्थिक समृद्धि चाहेको छ । आशन्न चुनावमा मतदाताले एक छाक मासु भात खुवाउने पार्टीलाई मत दिने कि जीवन भरी मासु भात खाने हैसियत बनाउन खोजिरहेको पार्टीलाई मत दिने भन्ने बारे निर्णय गर्नुपर्ने अवस्था आएको छ ।’