ताजा खाबर :

News

दोधारा–चाँदनीमा काँग्रेसका नेतामाथि कुटपिट

 
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ११ असार
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले कञ्चनपुरमा नेपाली काँग्रेसका नेतालाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर १ बाट उम्मेदवार रहेका राप्रपा नेता बिक्रम चन्द नेतृत्वको समुहले शनिबार राति काँग्रेसका क्षेत्रीय सभापति गोपालदत्त भट्टलाई नियन्त्रणमा लिएर कुटपिट गरेको हो । 
उक्त समुहले सभापति भट्टसँगै उहाँका भतिजा अम्बादत्त भट्ट,धर्मानन्द भट्ट र देवदत्त भट्टलाई शनिबार राति १० वजे वडा नम्बर १ को मलिन चोक नजिकै महाकाली बाँधबाट घर गइरहेका बेला नियन्त्रणमा लिएर कुटपिट गरी बिहान ३ वजे नियन्त्रणमुक्त गरेको काँग्रेसले जनाएको छ । काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेय र क्षेत्रीय सचिव प्रकाशदत्त जोशीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घट्नाको भत्र्सना गरेका छन् । 
यसैबीच क्षेत्रीय सभापति भट्टमाथि कुटपिट गर्ने राप्रपाका उम्मेदवार चन्दले लिखित रुपमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाइएको काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । ईलाका प्रहरी कार्यालयमा राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्द लगायतका नेताहरुको रोहवरमा उम्मेदवार चन्दले लिखित रुपमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाएको उनको भनाई छ ।