ताजा खाबर :

News

राणा, पञ्चायत पाखा लगाएको काँग्रेससँग राप्रपाका गुण्डा टाउको ठोक्काउँदै छन् : नेता लेखक

सन्तोषराज भट्ट
चाँदनी, ११ असार
नेपाली काँग्रेसका नेता रमेश लेखकले ईतिहास नै नभएका दलहरु काँग्रेसको ईतिहास देखेर जल्दै हिँडेका बताएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ को सम्पर्क कार्यालयमा आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता लेखकले आप्mनो ईतिहास नभएका एमाले, माओवादी, राप्रपा काँग्रेसको ईतिहास देखेर जल्दै हिँडेको बताएका हुन् । 
कञ्चनपुरमा सम्पन्न बिभिन्न चुनाव सभाहरुमा कम्युनिष्टप्रति आक्रामक भाषण दिँदै आएका नेता लेखकले राप्रपाका कार्यकर्ताले काँग्रेसका क्षेत्रीय सभापति गोपालदत्त भट्टमाथि गरिएको कुटपिटको खुलेरै भत्र्सना गरे । ‘देश भरीमा कतै जित्न नसक्ने राप्रपाले दोधारा–चाँदनीमा काँग्रेससँग निहँु खोजेर पहाडसँग टाउको ठोक्ने काम गर्दैछ ।’ उनले भने । 
नेता लेखकले काँग्रेसले चुनाव चाहेकाले कुटपिटमा संलग्न राप्रपाका नेता कार्यकर्ताहरुलाई माफी दिएको बताए । कुटपिटमा संलग्न उम्मेदवारको नामै लिएर उनले भने, ‘चुनाब नभएको भए यी गुण्डाहरुलाई मैले जान्या थे । तर काँग्रेसले चुनाब चाहेकाले माफी दिएका हौं ।’ 
नेता लेखकले ‘गुण्डा’हरुको पछि लाग्नु भन्दा चुनाब तिर लाग्न जरुरी रहेको आवश्यकता औंल्याए । ‘राणा, पञ्चायतहरुलाई पाखा लगाएको काँग्रेससँग राप्रपाका गुण्डाहरु टाउको ठोक्काउँदै छन् ।’ उनले भने, ‘हिजो भएको घटनाको जवाफ हामीले महाकालीको वडा न १ मा राप्रपा भन्ने गुण्डाहरुको पार्टीको जमानत जफत गरेर दिने छौं ।’   
शनिबार राति महाकाली नगरपालिका वडा नम्बर १ बाट उम्मेदवार रहेका राप्रपा नेता बिक्रम चन्द नेतृत्वको समुहले काँग्रेसका क्षेत्रीय सभापति गोपालदत्त भट्टलाई नियन्त्रणमा लिएर कुटपिट गरेको काँग्रेसले जनाएको छ । काँग्रेसका अनुसार उक्त समुहले सभापति भट्टसँगै उनका भतिजा अम्बादत्त भट्ट, धर्मानन्द भट्ट र देवदत्त भट्टलाई शनिबार राति १० वजे वडा नम्बर १ को मलिन चोक नजिकै महाकाली बाँधबाट घर गइरहेका बेला नियन्त्रणमा लिएर कुटपिट गरी बिहान ३ वजे नियन्त्रणमुक्त गरेको थियो । काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेय र क्षेत्रीय सचिव प्रकाशदत्त जोशीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घट्नाको भत्र्सना गरेका छन् ।