ताजा खाबर :

News

image not found

राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिमेली नेताद्वारा आ–आप्mनो गृहजिल्लामा मतदान

कञ्चनपुरबाट छ जना पूर्वमन्त्रीद्वारा मतदान
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १४ असार
सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय विभिन्न राजनीतिक दलका नेताले आ–आफ्नो गृहजिल्ला पुगेर मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट मतदान गरेका छन् । 
नेपाली काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि मतदान केन्द्रबाट बिहान साढे ८ बजे तिर मतदान गरेका हुन् । प्रधानमन्त्री देउवाले ख मतदान केन्द्रबाट मतदान गरेको असिग्राम मतदान केन्द्रका मतदान अधिकृत सुुर्यप्रसाद चौधरीले जानकारी दिए । त्यस्तै देउवा पत्नी आरजु राणा देउवाले पनि असिग्राम माविको क मतदान केन्द्रबाट मतदान गरेको मतदान गरेको उहाँले बताउनुभयो । 
सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगेर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मतदान गरेका छन् । उनले साँफेबगर नगरपालिका–६ स्थित चन्द्रोदय आधारभूत माविमा रहेको मतदानस्थल पुगेर मतदान गरेका हुन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीको अत्तरिया नगरपालिका–१ स्थित घण्टेश्वर माविमा रहेको मतदान स्थल पुगेर मतदान गरेका छन् । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय परिसरमा रहेको मदतान केन्द्रमा पुगेर मतदान गरेको खबर प्रप्त भएको छ । 
काँग्रेसकै केन्द्रीय सदस्य एनपी सावदले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित सरस्वती माविमा र अर्का केन्द्रीय सदस्य रमेश लेखकले बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव माविमा पुगेर मतदान गरेको राप्रपाका नेता हेमबाबु लेखकले बताए ।
 
कञ्चनपुरबाट छ जना पूर्वमन्त्रीद्वारा मतदान
 
स्थानीय तहको चुनावमा कञ्चनपुरबाट छ जना पूर्वमन्त्रीहरुले मतदान गरेका छन् । नेपाली कांग्रेसका तीन जना र एमालेका तीन जना गरी छ जना पूर्वमन्त्रीहरुले विभिन्न मतदानस्थलबाट मतदान गरेका हुन् । 
नेपाली कांग्रेसबाट पर्यटन मन्त्री रहिसकेका तारणीदत्त तारणीदत्त चटौतले भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माविबाट र पूर्व सिँचाई मन्त्री एनपी सावदले भीमदत्त नगरपालिका–२ स्थित सरस्वती मावि पुगेर मतदान गरेका हुन् । यसैगरी पूर्व यातायात तथा भौतिक मन्त्री रमेश लेखकले बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माविबाट मतदान गरेको बताएका छन् । 
यस्तै एमालेका तर्फबाट श्रम राज्यमन्त्री रहिसकेका उर्वादत्त पन्तले भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन मावि, पूर्व राज्यमन्त्री तथा पूर्व उपसभामुख भोजराज जोशीले बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि र पूर्व सहायक मन्त्री लालबहादुर विकले पुनर्वास नगरपालिका–५ स्थित गौरीशंकर माविबाट मतदान गरेका छन् । कञ्चनपुरमा कुल दुई लाख ३५ हजार ७ सय ३५ जना मतदाता रहेका छन् ।