ताजा खाबर :

News

image not found

चुनाव बिथोल्न कञ्चनपुरका विभिन्न स्थानमा 'बम' !

 
सुरेश पन्त
महेन्द्रनगर, १४ असार
दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्न निर्वाचन विरोधी गतिविधीमा लागेको समुहले कञ्चनपुरका विभिन्न स्थानमा बम राखेर मतदाता तर्साउने प्रयास गरेको छ । उक्त समुहले महाकाली नगरपालिका ४, कृष्णपुर नगरपालिका १ दोमिल्ला, पुनर्वास नगरपालिका वडानम्बर १ र ३, तथा भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेका विभिन्न मदतान स्थल नजिकै बम राखेर मतदाता तर्साउने प्रयास गरेको हो । 
उक्त समुहले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी मावि मतदान स्थल नजिकै बम बिष्फोट गराएको थियो । निर्वाचन बिरोधी समुहले स्थानीय खुलामञ्चको पश्चिम दक्षिणमा रहेको शौचालय छेउमा बम बिष्फोट गराएको हो । महाकाली, कृष्णपुर र पुनर्वास नगरपालिकामा राखिएका बमहरु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । 
चुनाव बिथोल्न सामान्य रुपमा क्षति पुर्याउन सक्ने खालका बमहरु राखिएपनि निर्वाचनमा कुनै अवरोध उत्पन्न नभएको उनले बताए । दुई–तीन दिन अघिबाटै विभिन्न स्थानमा बम राख्दै आएको उक्त समुहको पहिचान नखुलेपनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु बम राख्ने काममा संलग्न रहेको आशंका गरिएको छ ।