ताजा खाबर :

News

कञ्चनपुरमा ६० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

 
 
केशव सावद
महेन्द्रनगर, १४ असार
दुई दशकपछि भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन कञ्चनपुरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित भएपनि मतदान गर्न हौसिएका मतदाता पानीको वास्ता नगरी मतदानस्थल पुगेका थिए । 
कञ्चनपुरमा शान्तिपूर्ण वातारणमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । कञ्चनपुरका नौवटै स्थानीय तहमा कुल मतदाताको ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भीक अनुमान गरिएको छ । 
कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले कञ्चनपुरमा ६० प्रतिशतभन्द बढी मत खसेको प्ररम्भीक तथ्याङ्क प्राप्त भएको जानकारी दिए । उनले कुल खसेको मतको एकिन विवरण भोली बिहान मात्रै आउने बताए । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा कुल दुई लाख ३५ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । 
कञ्चनपुरको शुक्लाफँटा र पुर्नवास नगरपालिकामा फर्जी मत खसाल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुको प्रहरीले नाम सार्वजनिक गरेको छैन् ।