ताजा खाबर :

News

image not found

कञ्चनपुरको महाकालीमा काँग्रेसको अग्रता

पुनर्वासमा झिनो मतले एमाले अगाडि
 
 
केशव सावद
महेन्द्रनगर, १५ असार
कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ मा जारी मतगणनाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा सत्तारुढ नेपाली काँग्रेसले अग्रता लिएको छ ।  
दुई सय ५० मतगणना सकिँदा मेयर पदमा नेपाली काँग्रेसले एक सय ८, नेकपा एमालेले ५९, नेकपा माओवादी केन्द्रले १२ र राप्रपाले २४ मत पाएको छ । यस्तै उपमेयरमा काँग्रेसले ६०, एमालेले एक सय एक, माओवादीले १५ र राप्रपाले २६ मत ल्याएको निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा अध्यक्षमा काँग्रेसले ७७, एमालेले ४७, माओवादीले १९ र राप्रपाले ५५ मत प्राप्त गरेको छ । 
यस्तै पुनर्वास नगरपालिका वडानम्बर १ मा तीन सय मत गणना सकिदा एमालेले झिनो अग्रता लिएको छ । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङका अनुसार पुनर्वासमा एमालेले मेयर पदमा ८७, काँग्रेसले ८०, माओवादीले ८० मत पाएका छन् । उपमेयरमा काँग्रेसले ८२, एमालेले ८० र माओवादीले ६५ मत प्राप्त गरेको छ । 
वडानम्बर १ को वडाध्यक्ष पदमा एमालेले ९५, माओवादीले ७८ र काँग्रेसले ५३ मत ल्याएको छ । कुल मतदाता ३५ सय ६९ रहेको पुनर्वासमा २६ सय ९१ मत खसेको निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिएका छन् । कञ्चनपुरमा ७३ प्रतिशत मत खसेको छ ।