ताजा खाबर :

News

image not found

कञ्चनपुरका छ स्थानीय तहमा एमालेको दवदवा

दुई नगरपालिकामा काँग्रेस र एक गाउँ पालिकामा माओवादीको अग्रता
 
केशव/सुरेश/नवीन/दमन
महेन्द्रनगर, १५ असार
कञ्चनपुरका नौ वटै स्थानीय तहमा उच्च सुरक्षा व्यवस्थाका साथ मतगणना चलिरहेको छ । मतगणना भइरहेका स्थानमा नतिजा सुन्न विभिन्न दल आवद्ध नेता कार्यकर्ता र मतदाताहरुको बाक्लो घुईचो लागेको छ । यो समाचार तयार पर्दासम्म महाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । यस्तै बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, पुनर्वास र बेलौरी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको सम्बन्धित नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र बेल्डाँडी नगरपालिकामा एमाले अग्रस्थानमा देखिएको छ । 
प्राप्त परिणाम अनुसार महाकाली नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार बीरबहादुर सुनारले ५४४ प्राप्त गर्नुभएको छ । उहाँलाई निकटतम प्रतिद्वन्द्वी एमालेका किशोर लिम्बूले ४१८ मतका साथ पच्छ्याई रहनुभएको छ । उपमेयरमा एमालेकी चिनी गिरीले ५८८ र काँग्रेसकी गंगादेवी जोशीले ३६९ मत ल्याएको निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । महाकाली नगरपालिकामा माओवादीका मेयर पदका उम्मेदवार ईन्द्रबहादुर रावतले १०१ र उपमेयर पदका उम्मेदवार धनसरा नाथले १६७ मत ल्याउनुभएको छ ।
यस्तै कञ्चनपुरको पूरानो नगरपालिका भीमदत्तमा काँग्रेसका मेयर पदका उम्मेदवार पदम बोगटीले २० मतले अग्रता लिनुभएको छ । उहाँले ३०० मतपत्र गणना सकिदा १४० मत ल्याउनुभएको छ भने उहाँलाई एमालेका सुरेन्द्र बिष्टले १२० मतले पच्छ्याई रहनुभएको छ । मेयर पदमा माओवादीका गोपाल रसायीलेले १८ र राप्रपाका गजेन्द्रबहादुर चन्दले एक मत पाउनुभएको छ । भीमदत्तमा उपमेयर पदमा काँग्रेसका सुशिला सिँह चन्दले १४१, एमालेका माया पन्तले ११८, माओवादीका नारुदेवी सिँहले १५ र राप्रपाका खञ्जरादेवी कुँवरले तीन मत प्राप्त गर्नुभएको छ । 
बेदकोट नगरपालिकामा एमालेका अशोककुमार चन्द ३६५ मतसहित अग्रस्थानमा हुनुहुन्छ । एक हजार मत गणना हुँदा काँग्रेसका भोजराज बोहराले ३०४ र माओवादीका मीनराज गिरीले १८६ मत ल्याउनुभएको छ । यस्तै बेदकोटको उपमेयर पदमा एमालेका सुशिला सिँहले ३९०, काँग्रेसका तुलसीदेवी जोशीले २६८ र माओवादीका शान्ति शाहीले १९२ मत पाउनुभएको छ । 
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा मेयर पदमा एमालेका रणबहादुर महराले ६७ मत ल्याउँदा माओवादीका लोकेन्द्र ऐरीले ६२ र काँग्रेसका दिलबहादुर ऐरले ३९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेका तुलसी हमालले ६१, माओवादीका कमला ऐरले ५४ र काँग्रेसका धर्मा बिष्टले ३३ मत ल्याउनुभएको छ । 
कृष्णपुर नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेका कृष्णबहादुर हालले १६२, काँग्रेसका हेमराज ओझाले ११६ र माओवादीका जोगराम चौधरीले ८५ मत प्राप्त गरेको काँग्रेस कार्यकर्ता मोहन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपमेयरमा एमालेका रमिता रानाले १८९, काँग्रेसका भुवनेश्वरी जोशीले ११४ र माओवादीका शर्मिला चौधरीले ६२ मत ल्याउनुभएको छ । 
उता बेलौरी नगरपालिकामा एमालेका पल्लवराज भट्ट अग्रस्थानमा रहनुभएको छ । उहाँले ३३ मत ल्याउँदा काँग्रेसका हरेन्द्रसिँह बिष्टले २७ र माओवादीका पोतीलाल चौधरीले ३१ मत प्राप्त गरेको पत्रकार हरिशचन्द्र बागले जानकारी दिनुभयो । उहाँका अनुसार उपमेयरमा काँग्रेसका खीना भण्डारीले ३१, एमालेका चित्राकुमारी चौधरीले ३० र माओवादीका राधादेवी खरेलले २९ मत पाउनुभएको छ । 
पुनर्वास नगरपालिकामा एमाले काँग्रेस माओवादीभन्दा निक्कै अगाडि देखिएको छ । समाचार तयार पार्दासम्म एमालेका जीवनराज थापाले ९६९ मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादीका बीरबहादुर थापाले ८५६ र काँग्रेसका तोयप्रसाद शर्माले ५२५ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा एमालेकै शारदा शर्मा अगाडि रहनुभएको छ । ९९९ मतका साथ अग्रस्थानमा रहेकी शर्मालाई माओवादीका सीता विकले ७५८ मतसहित पच्छ्याई रहनुभएको छ । काँग्रेसका उपमेयर पदका उम्मेदवार भुलिया रानाले ६६२ मत पाएको निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिनुभयो ।
बेल्डाँडी गाउँपालिकामा प्रमुख पदका उम्मेदवार एमालेका धनबहादुर थापा क्षेत्रीले १६३, काँग्रेसका चन्द्रबहादुर सिँहले १५२ र माओवादीका नन्दकिशोर एसकेले  ४६ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेका कमला कार्कीले ११३ र काँग्रेसका कृष्णादेवी गिरीले एक सय २ मत प्राप्त गर्नुभएको छ । यस्तै लालझाडीमा माओवादीका मदनसेन बडायकले अग्रता लिनुभएको छ । उहाँले २९५ मत ल्याउनुभएको छ । बडायकका प्रतिपष्र्धी एमालेका निर्मल रानाले २०५ र काँग्रेसका धर्मसिँह बडायकले १६५ मत पाउनुभएको छ ।